समाचार

गण्डकी प्रदेशमा थप ४७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९४ पुग्यो (Kovid-19 update)

असार ४,  पर्वत :  बिहीबार बिहान थप ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि गण्डकी प्रदेशमा संक्रमितहरूको संख्या २ सय ९४ पुगेको छ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवं स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा  बिनोद बिन्दु शर्माले बिहीबार बिहान पहिलो पटक जारी गरेको विज्ञप्तिमा ४ जिल्लाका ४२ जनामा संक्रमण भएको पुष्टि गरेका छन्।  जसमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिकाका १७ जनामा संक्रमणको पुष्टि भएको छ।

उनीहरू २१, ३५, ३२, १८, ३२, ४५, ३४, ४३, २५, १९, २०, १७, ४०, ३० र ३९ वर्षका पुरुषहरू हुन्। सोही नगरपालिकाकै उमेर नखुलेका २ जना पुरुषमा पनि संक्रमणको पुष्टि भएको छ। नवलपरासीकै गैँडाकोट नगरपालिका २८ वर्षीय एक जना पुरुषमा पनि संक्रमण रहेको चितवनको भरतपुर अस्पतालमा गरिएको परीक्षणबाट थाहा भएको छ। यसैगरी, तनहुँमा १२ जनामा संक्रमण रहेको पुष्टि भएको छ। जसमा ऋषिङ गाउँपालिकाका ४०, ३१, २०, २३, २४, २७ र २१ वर्ष उमेरका ७ जना पुरुष, शुक्लागण्डकी नगरपालिकाका १८ वर्षीय १ जना पुरुष र भानु नगरपालिकाका २२, ४२, ४० र ५२ वर्ष उमेरका ४ जना पुरुष रहेका छन्।

यस्तै बिहीबार नै गोरखामा ११ जना थप भएका छन्। जसमा पालुङटार नगरपालिकाका ४६, ४५, ४३, २८, २३ र ४१ वर्ष उमेरका ६ जना पुरुष, सोही नगरपालिकाकी ४० वर्षीया १ जना महिला र शहिद लखन गाउँपालिकाका ५४, ३१, ३८ र २७ जना पुरुष रहेका छन्। ११ जिल्लाहरू रहेको गण्डकी प्रदेशमा हालसम्म हिमालपारिका दुई जिल्ला मनाङ र मुस्ताङ कोरोना संक्रमणबाट जोगिँदै आएकोमा मनाङमा भने पहिलो पटक संक्रमणको पुष्टि भएको छ।

डा बिनोदबिन्दु शर्माका अनुसार कपिलवस्तुको बाढगंगा घर भएका ५७ वर्षीय एक पुरुष कर्मचारी चामे गाउँपालिकामा कार्यरत छन्। उनमा नै संक्रमणको पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालयले बिहीबार नै जारी गरेको दोस्रो विज्ञप्तिमा पर्वत जिल्लाका थप ५ जनामा संक्रमणको पुष्टि भएको छ।

भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणबाट यो पुष्टि भएसँगै जिल्लामा संक्रमितको संख्या ३४ पुगेको छ। पर्वतमा बिहीबार नयाँ पुष्टि भएकाहरूमा कुश्मा नगरपालिकाका ४२ वर्षीय १ जना पुरुष र २० वर्षीया १ महिला गरी २ जना, मोदी गाउँपालिकाका ३० वर्षीय १ जना पुरुष, फलेबास नगरपालिकाका ३० र ३७ वर्ष उमेरका २ जना पुरुष रहेका छन्।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बिहीबार थप भएका ४७ जनामध्ये ४६ जना भारतबाट फर्किएकाहरू हुन भने मनाङमा कार्यरत कपिलवस्तुका कर्मचारीलाई आन्तरिक रूपमा नै संक्रमणको पुष्टि भएको हो।

Related Articles

Back to top button
%d bloggers like this: