तालनगरीको वृक्षारोपण कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, २९ असार ।
लायन्स क्लब अफ वेगनास तालनगरीले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । स्थापना काल देखिन नै गर्दै आएको वृक्षारोपण कार्यक्रम पोखरा महनागरपालिका वडा नं.३१ किमवेशी स्थित श्री गोरक्ष पिठ शिद्धाश्रममा सोमबार सम्पन्न भएको हो ।
क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा डिष्ट्रिक के चिफ एड्भाइजर विनोद ढुंगानाले वातावरण संरक्षणका लागि आफ्नो स्थानमा वोटविरुवा रोप्ने काम अति नै सह््रायिन भएको भन्दै यसलाई रोपेर मात्रै नभई गोडमेल गरेर संरक्षण गर्न सके वातावरण संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
त्यस्तै गरी गोरक्ष पिठ सिद्धाश्रम सन्चालक समितिका अध्यक्ष खेमनाथ भट्टराइले गोरख नाथ मन्दिरको वारेमा जानकारी दिंदै मन्दिर परिसरमा विभिन्न जातका वोटविरुवाहरु रोपेकोमा क्लब परिवारलाई धन्यवाद दिंदै रोपिएका विरुवाहरु संरक्षण गरिने पनि बताए ।
यसै गरी क्लस्टर ३० का क्लस्टर प्रमुख सूर्य नारायण बराल, रिजन चियर पर्सन गणेश प्रसाद ढुंगाना, जोन चियर पर्सन सागर लामिछाने, डिष्ट्रिक चियर पर्सन हरि बस्ताकोटी लगाएतले लायन्स क्लबले एउटा स्थानलाई स्थायी रुपमा वोटविरुवाहरु रोपेर , गोडमेर गर्दै संरक्षण गर्न सके वातावरण स्वच्छ हुने विचार व्यक्त गरे ।
क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाले वृक्षारोपण कार्यक्रम क्लबको नियमित कार्यक्रम भएको बताउँदै अहिले वातावरण प्रदुषण हुदै गइरहेको अवस्थामा थोरै भए विभिन्न जातका वोटविरुवाहरु रोपेर वातावरण स्वच्छ राख्ने उद्धेश्येले यस स्थानमा वृक्षारोपण कार्यक्रम गरिएको बताइन् । यस स्थानलाई क्लबले नियमित रुपमा वर्षैपिच्छे आवश्यकता अनुसार नयाँ वोटविरुवाहरु रोपने र पुराना वोटविरुवाहरु गोडेमेल गर्दै संरक्षण गरिने पनि उनले बताइन् ।
क्लबका सचिव अरुण चन्द्र सुवेदीले सन्चालन गरेको कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष प्रभा भुजेलले स्वागत गर्दै कार्यक्रम माथि प्रकाश पारेकी थिइन् भने कार्यक्रमको संयोजन सहकोषाध्यक्ष ध्रुव त्रिपाठीले गरेका थिए ।