समाचार

सचिवालय बैठकलगत्तै ओली र दाहाल शीतल निवासमा

श्रावण ३,काठमाडौँ — नेकपा सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल राष्ट्रपति भवन शितल निवास पुगेका छन् ।

शनिबार बालुवाटारमा करिब ४ घन्टा बसेको सचिवालय बैठक सकिएलगत्तै ओली र दाहाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका हुन् ।

दुई अध्यक्ष राष्ट्रपतिकहाँ गएको दाहालका सहयोगी जोखबहादुर महराले जानकारी दिए । पार्टी विवाद सुल्झाउने महत्वपूर्ण निर्णय हुँदा ओली र दाहाल एकैसाथ राष्ट्रपतिकहाँ जाने गरेको विगत छ ।

Related Articles

Back to top button
%d bloggers like this: