स्वास्थ्यसमाजस्थानीयगण्डकी प्रदेश

कर्मचारीलाई कोरोना पुष्टि भएपछि पोखरा २७ को वडा कार्यालय सिल

साउन २६, पोखरा । कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि पोखरा महानगरपालिका वडा नम्बर २७ को वडा कार्यालय सिल गरिएको छ । वडा कार्यालय १ हप्ताका लागि सिल गरिएको वडाध्यक्ष पूर्णकुमार गुरुङले जानकारी दिएका छन् ।

सोमबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको सूचनाका अनुसार उक्त वडाको महिला कर्मचारीलाई कोरोना भाइरस पुष्टि भएको थियो । उनी पोखरा २६ की बासिन्दा रहेकी छिन् ।

Related Articles

Back to top button
%d bloggers like this: