समाचार

लायन्स क्लब पिस सिभिकद्धारा वृक्षारोपण कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
पोखरा, ३१ साउन ।
लायन्स क्लब अफ पोखरा पिस सिभिकले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । अन्तराष्ट्रिक लायन्स क्लब डिष्ट्रिक ३२५ वि१ नेपाल अन्तर्गत रहेको क्लबले पोखरा महानगरपालिका वड नं.३१ बेगनास स्थित आनन्द ज्योति माविको परिसरमा अशोका, धुपी, कपुर, अमला, तेजपत्ता, विरेन्द्र फूल लगाएतका विभिन्न ६० जातका वोटविरुवाहरु रोपिएको हो ।
कार्यक्रममा डिष्ट्रिक डिपाटमेन्छ चिफ टिकाराम सापकोटा, कलस्टर प्रमुख पवित्रराज तिवारी, पोखरा ३१ का जनप्रतिनिधि पूर्णखर पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र नाथ अधिकारी लगाएतको उपस्थिति रहेको उक्त कार्यक्रम क्लबका अध्यक्ष किरण ढकालको अध्यक्षतामा सम्पन्न भएको थियो
क्लबका सचिव विकास प्रसाद कंडेलले कार्यक्रम सन्चालन गरेका थिए भने कार्यक्रमको संयोजन रामचन्द्र तिवारीले गरेको कुरा विकास कंडेलले गाउँले मिडियालाई जानकारी दिएका छन् ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: