
१ भदौ, पोखरा । कास्कीको रुपा गाउँपालिका भदौ ८ गते सम्मका लागि सील गरिएको छ ।
कास्कीमा केही दिन यता कोभिड -१९ को सक्रमण बढ्दै गएकाले जोखिम न्युनीकरण गर्न गाउँपालिका सील गर्नुपरेको गाउँपालिका अध्यक्ष नवराज ओझाले पोखरा न्यूजलाई बताए । “अहिले सक्रमण दर वढ्दै गएको छ” उनले भने–“सक्रमण फैलिन नदिन सील गरेका हौं ।”
पोखरा लगाएतका स्थानबाट गाउँपलिका भित्र निर्वाधरुपमा चलेका सार्वजनिक यातायतका कारणले पनि कोरोनाको जोखिम उच्च रहेको बताउँदै अध्यक्ष ओझाले जनताको स्वास्थ्को सवालमा सजग भइ सील गर्ने निर्णय गरेको बताए ।
उनले भने “पोखरा लगायत देखका विभिन्न भागमा कोरोनाको संक्रमण बढ्दै गएको छ, जनताको स्वास्थ्य सँग कुनै पनि सम्झौता गर्न सकिदैन ।”
रुपा गाउँपलिका अहिले पनि विदेश तथा अन्य ठाउँबाट आएका २८ जना क्वारेन्टिनमा वसिरहेको अध्यक्ष ओझाले बताए । उनले अहिले सम्म सक्रमित ११ जना निको भएर घर फर्किएको जानकारी दिए ।