समाजस्थानीय

कास्कीमा निषेधाज्ञा भदौं २० गतेसम्म थपियो, स्वरुप परिर्वतन

केही खुकुलो

पोखरा , भदौ १२ गते । कास्कीमा भदौं २० गते सम्म केही खुकुलो बनाउँदै निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यलय कास्कीद्धारा जारी गरिएको सूचनामा निषेधाज्ञा भदौं २० सम्म जारी राखिएको छ । यद्यपी यसअघिको भन्दा स्वरुप परिर्वतन गरिएको छ ।

के गर्न पाइन्छ , के गर्न पाइदैन ? 

-अत्यावश्यक बाहेक अन्य काममा घरबाट बाहिर निस्कन अनिवार्य मास्क प्रयोग गर्ने , २ मिटरको भौतिक दुरी कायम गर्नपर्ने साथै सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने

-मानिसहरु भेला हुन,भीडभाड गर्न ,जुलुलस निकाल्न, जात्रा , महोत्सव , मेला गर्न तथा सबै धर्म संस्कृती,प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्य गर्न नपाइने

-सार्वजनिक यातायात चलाउन नपाइने

-जोर गते जोर र विजोर गते विजोर प्रणालीमा निजि सवारीसाधन र ट्याक्सी बिहान ६ बजेदखी साँझ ८ बजे सम्म चलाउन पाइने

-विद्यालय,क्याम्पस , सबै प्रकारका शैक्षिक संस्था ,तालिम तथा प्रशिक्षण केन्द्र , सिनेमा हल ,  फुटसल, व्युटिपार्लर , जिमखाना , स्पा, सैलुन सञ्चालन वा खोल्न नपाइने

-सरकारी कार्यलय , निजी कार्यलय , बैक तथा वित्तिय र सहकारी भिड नहुने गरि सञ्चालन गर्ने

-होटल र रेष्टुरेष्टमा साँझ ७ बजेसम्म टेक अवे संचालन गर्न पाइने

-निर्माण स्थल भित्रै सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानी पूर्णपालना गरी उद्योग परिषर भित्रै क्वारेन्टाइन व्यबस्था गरि काम गर्न पाइने

 

Related Articles

Back to top button
%d bloggers like this: