समाजस्थानीय

पोखरा ३२ को सुकुम्वासी टोल बाढिले वगायो

लेखनाथ, ३१ भदौ ।

अविरल वर्षपछि पोखरा महानगरपालिका वडा नंं ३२, को सुकुम्वासी टोल नंं ५ र ६ मा गएराति खुदीखोलामा आएको बाढिले बस्ती बगाउदा स्थानीय विचिल्लीमा र उठीवासमा परेका छन् ।

स्थानीय खुदीखोलामा आएको बाढीले स्थानीय पुष्पा गुरुङ्ग, चन्द्रमाया क्षेत्री, पवित्रा खड्का क्षेत्री, , रेलमाया क्षेत्री, तारा थापा मगर, विनु शाही, बुद्धिमाया रानाभाट, नारायण वहादुर क्षेत्री, सुर्यवहादुर सार्की, सन्चमाया मुक्तानको घर पुर्ण रुपमा क्षती भएको भने विष्णु तामाङ, कृष्णवहादुर परियार, बुद्धिमाया नेपाली, र लक्ष्मी विकको घर आंशिक क्षती भएको छ अन्य स्थानीय परिवारको घर, वारी अन्नवाली र गोठ समेत बगाएको हो । ।

गए राति लगातारको बाढिका कारण वस्ती वगाउदा करीव ५० लाख वरावरको क्षती भएको स्थानीय टोल विकास संस्थाका उपाध्यक्ष शम्भुबहादुर तमाङ्ग,ले वताए साथै बाढीका कारण खोलाले अन्य वस्तीनै वगाउने कारणले खोलाले कटान गरेको जमिन रोक्नका लाािग स्थानीयहरु खोलाको वहाव रोक्नका लागि खोलामा स्थानीयले मिलेर वाध वाधिएको आवस्था रहेको छ । भने स्थानीयको सहयोगमा नजिकैको सिता आधारभूत विद्यालय र समाज घरमा विस्तापित परिवारलाई व्यवस्थापन गरिएको र राहातको लागि नेपाल रेडक्रस साखाहरु, पोखरा माहानगरपालिका विपत व्यवस्थापनमा समेत सुचना गरी सकेको जानकारी वडा अध्यक्ष अक्कल वहादुर कार्कीले बताए ।

उता पिढीत बिमाया जैसीले सरकारले लकडाउनका कारण न गरीखान दियो ? न काम नै पाइयो न घर बस्ती नै रह्यो उठीवास बनायो के गर्ने के खाने ? कहा जाने बाढीले बस्तीका घरका सामान भाँडाकुडा, लत्ताकपडा, खेतीपाती, गोठ समेत हेर्दा हेर्दै सवै बगायो । यो आँखाले प्रतक्ष रुपमा देख्नु पर्यो भन्र्दै मन थाम्नै नसकी रुदै आफु विचिल्लीमा परेको गुनासो पोखीन ।

त्यसैगरी गएरातीको अविरल वर्षाका कारण वडा नंं ३० र ३२ लाई जोड्ने सातमुहानेमा पर्ने नेपाल सरकार, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग र जि.वि.स. कास्कीको सहयोगमा २०६५ सालमा निर्माण सम्पन्न भएको सामुदायिक मोटरेबल पुल समेत जोखिममा परेको छ भने सवारी आवत जावतमा रोक लागइएको छ । जसले गर्दा कास्की जिल्लाको पुर्वी भेक रुपाकोट, सातमुहाने, खोलाको छेउ, राजाको चौतारा र देउराली लगायताका स्थानमा सवारी साधन रोकिएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: