समाचार

कोरोनाको उपचारलाई निशुल्क जारी राख्ने गण्डकी प्रदेश सरकारको निर्णय

पोखरा, कार्तिक ५ ।
गण्डकी प्रदेश सरकारले कोरोनाको उपचारलाई निशुल्क जारी राख्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकारको मन्त्री परीषदको बुधवार वसेको वैठकले उक्त निर्णय गरेको हो ।
सरकारका प्रवक्ता एवम भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेतका अनुुसार कोरोना उपचारका लागि यस अघि जसरी उपचार तथा व्यवस्थापन भइरहेको छ, त्यसैलाई निरन्तरता दिने निर्णय वैठकले गरेको छ ।
यसै गरी प्रदेश सरकारका मन्त्रीहरुले चाडपर्वहरुमा प्राप्त हुने भत्ता कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय पनि गरिएको छ । यस अघि पनी गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले आफ्नो एक महिनाको तलव कोषमा जम्मा गरेका थिए । दशै लगाएत सम्पूर्ण चाडपर्वहरुमा शुभकामना व्यक्त गर्दै जनस्वास्थ्यका मापदण्डहरु पालना गर्दै खुसीयालीका साथ पर्वहरु मनाउन वैठकले आग्रह समेत गरेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: