समाजस्थानीय

लक्ष्मी आदर्शमा स्वागत एवम् सम्मान कार्यक्रम सम्पन्न

समाजसेवी न्यौपानेले मञ्च निर्माण गर्ने

ऋषिराम रानाभाट
मंसिर २२, लेखनाथ । पोखरा महानगरपालिका वडा नं.२७ शिशुुवामा रहेको लक्ष्मी आर्दश माध्यमिक विद्यालयले सोमबार स्वागत एवम् सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ बार्षिक साधारण सभा तथा अधिबेशनबाट गण्डकी प्रदेशबाट केन्द्रिय सदस्यमा निर्वाचित बाबुराम गिरी र विद्यालय परिसरमा मञ्च निर्माण गर्न आर्थिक सहयोग गर्ने समाज सेवी शिव प्रसाद न्यौपानेलाई एक कार्यक्रमका विच बधाई तथा सम्मान गरिएको हो ।

लेखनाथ उद्योग वाणिज्य संघका पूूर्व अध्यक्ष एवम् सफल व्यवसायि बाबुराम गिरी ले समग्र लेखनाथवासीको एकता र सामुुहिक भावनाले विजय भएको बताउँदै समग्र लेखनाथको समृद्धिका लागि आफ्नो तर्फबाट सक्दो सहयो गर्ने बताए । विद्यालय व्यवस्थापन समितिका सदस्य समेत रहेका गिरीले यो जित संघको मात्र नभएर सम्पुर्ण व्यवसायीहरुको, लेखनाथवासी एवम् विद्यालय परिवारको जित भएको बताउँदै विद्यालयको शैक्षिक उन्नती र भौतिक पूर्वाधार निर्माणका लागि आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै पोखरा २७ शिशुवा निवासी समाजसेवी शिव प्रसाद न्यौपानेले गिरीलाई बधाइ दिंदै विद्यालय परिसरमा कार्यक्रम सञ्चालनका लागि मञ्च निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् समाजसेवी राजेन्द्रमणी लामिछानेलाई २ लाखको चेक हस्तान्तरण गरे । निर्माण कार्यमा रकम अपुग भएमा पनि अपुुग हुने रकम पनि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी लामिछानेले विद्यालयको ऐतिहासिक पृष्ठभुुमिको चर्चा गर्दै नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा बाबुराम गिरीको जितले लेखनाथवासी एवम. विद्यालय परिवारलाई थप उत्साही बनाएको बताए । त्यस्तै विशेष चन्दादाता शिव प्रसाद न्यौपाने प्रति आभार प्रकट गर्दै न्यौपानेको व्यक्तिगत जीवनको सफलताको शुुभकामना व्यक्त गर्दै समग्र विद्यालयको शैक्षिक गुणस्तरलाई कायम राख्न शिक्षकहरु मेरुदण्ड हुने र शिक्षकहरु, विद्यालय प्रसासन, अभिभावकको त्रिकोणात्मक तादम्यताले मात्रै शैक्षिक स्तरमा वृद्धि गर्न सकिने बताए ।

यसै गरी विद्यालयका प्रधानाध्यापक रविन्द्रनाथ भट्टराईले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्दै विद्यालयको शैक्षिक एवम् भौतिक पक्षको विकासका लागि नवनिर्वाचित गिरीसँग अपेक्षा राखेको बताए । भट्टराइले गिरीको जितले विद्यालय परिवार हर्षित भएको बताउँदै बधाइ दिएका थिए भने समाजसेवी एवम् विशेष चन्दादाता शिव प्रसाद न्यौपानेले विद्यालय परिसरमा कार्यक्रम सञ्चान गर्न मञ्च निर्माणका लागि आर्थिक सहयोगले समग्र विद्यालय परिवारलाई थप हौसला मिलेको बताउँदै न्यौपानेलाई
सोही कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष शिवमणी अधिकारी, विद्यालय व्यवस्थापन समितिका सदस्य अम्बिका सुवेदी, शिक्षकहरुको तर्फबाट कोपिला धिताल लगाएतले शुभकामना मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रमणी लामिछानेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक हेमराज आचार्यले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: