समाचार

पचभैया समुदायिक होमस्टेको अध्यक्षमा थापा मगर

लेखनाथ, २९ मंसिर ।

पोखरा महानगर पालिका वडा नं ३१ पचभैयामा रहेको पचभैया समुदायिक होमस्टेको चौथो साधारण सभा तथा तेश्रो अधिवेसन निल कुमारी थापा मगरको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

आगामी तिन बर्षका लागि सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्ष सरस्वति थापा,सचिवमा गणेश ढकाल ,कोषाध्यक्षमा पद्मराज लामिछाने र सदस्यहरुमा रामजि पौडेल,गोविन्द पौडेल र शुशिला थापा रहनुु भएको छ ।

सीड फाउण्डेसन कास्कीको सभाहालमा भएको कार्यक्रमको उद्घाटन  गर्दै  नेपाल लाईफ ईम्प्रुभमेण्ट फाउण्डेशनका संस्थापक मौरे मेसनले कोरना महामारीका कारण पर्यटन क्षेत्रमा देखिएको अस्थीरताको छिटै अन्त्य हुने विश्वास दिलाउदै स्थानिय स्तरमा उत्पादीत वस्तुको प्रर्वद्धनमा लाग्न समेत उहाँले आग्रह गर्नु भएको थियो ।

कर्यक्रममा सिड फउण्डेशन कास्कीका संस्थापक अध्यक्ष दामोदर भक्त थापा र पचभैया कोट देउरालीका अध्यक्ष कृष्ण बहादुर थापाले पचभौयालाई पर्यटकीय क्षेत्रका रुपमा विकास गराउन यहाँका ब्यवसायीहरु संगठीत भएर पर्यटकीय गतिविधीलाई अगाडी वढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

पचभैया होमस्टेका अध्यक्ष अर्जुन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा समितिकी उपाध्यक्ष सरस्वति थापाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: