खानेपानीको समुचित विकासका लागि राजनिती नर्गन पुर्व मन्त्रि अधिकारीको अनुरोध

लेखनाथ,११पुस।
पुर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारीले राजनितीक उताव चरणका लागि राजनिती गरेपनि विकास निर्माण र खानेपानीको समुचित विकासका लागि राजनिती नर्गन अनुरोध गरेका छन् ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाको १६ औं बार्षिक साधारण सभाको सनिवार उद्घाटन गर्दै पुर्व मन्त्रि अधिकारीले विकासको आधार भनेको खानेपानी भएकाले यसको दिर्घकालीन विकासका लागी राजनितीक स्वार्थ भन्दा माथी उठेर सवैले हातेमालो गरेर अगाडी वढ्नु पर्ने सुझाव दिएका हुन् ।
राजनिती पद र प्रतिष्ठाको हो तर खानेपानी जिवन्तका लागि भएकाले कोही कसैले पनि पानीको विषयमा मुहानमा अवरोध सृजना गर्ने विच्छाएका पाईप भत्काउने तथा पाईप लाईन नै गाड्न नदिने सोचको अन्त्ये हुनु पर्ने धारणा राख्दै खानेपानीका लागि जनताको सहभागीता आवस्यक पर्नेमा समेत जोड दिएका थिए ।
एक आर्को फरक प्रशंगमा नेता अधिकारीले देश,जनता र सिस्टमलाई जोगाई राख्नका लागि प्रधान मन्त्रिले कठोर कदम चाल्न बाध्य हुनु परेकाले अव चुनावको सामाना गरि तजा अभिमतका साथ देशलाई अगाडी वढाउनु नै उपयुक्त बाटो भएको विचार राखेका थिए ।
सोही अवसरमा गण्डकी प्रदेश विकास समितिका सभापति दिपक कोईरालाले राजनितीक समिकरण फरक पाटो भए पनि विकास निर्माणका सवालमा सवै दलहरु एक ठाउमा उभिनु पर्ने आवस्यकता रहेको धारणा राखेका थिए ।
कार्यक्रममा कास्की काग्रेसका सभापति कृष्ण के शीले राजनिती दल विषेश समित ब्यक्तिलाई चाहिए पनि पानी सवैलाई चाहिने भएकाले जसरी वगेको पानी शुद्ध हुन्छ त्यसै गरि विकास निर्माणका क्षेत्रमा शुद्ध भावनाले अगाडी वढ्न सवैलाई आग्रह गरेका थिए ।
लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता सस्थाका अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काग्रेसका नेता राजन्द्रमणि लामिछाने,पोखरा महानगरपालिका वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोखरेल,सस्थाका निवर्तमान अध्यक्ष बोधराज लामिछाने,गण्डकी प्रदेश खानेपानी विभागका डि ई पुण्य प्रसाद पौडेल, बाग्लुङ नगर खानेपानीका अध्यक्ष हरिकुमार श्रेष्ठ लगाएतले धाराबाटै शुद्ध पानीको वितरण गरि जनताको मन जित्न सक्नु पर्ने धारणा राखेका थिए ।
सस्थाका सचिव मुरारी शर्माले संचालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन कोषाध्यक्ष रक्षा भटराईले गरेकी थिईन ।
सोही अवसरमा सस्थागत विकासमा कर्मचारीहरुको क्षेत्रबाट सहयोग पु¥याउदै आउनु भएका प्रशासन तर्फ विश्वराज भण्डारी,जुनियर ईन्जिनियर रमेश गिरी,स्टोर किपर सुर्यनाथ पौडेल साहायक पल्मवर रन बहादुर गुरुङ,उपाभोक्ताहरुको तर्फबाट नारयाण थापा र डिल बहादुर केशीलाई सम्मान गरिएको थियो ।