समाचार

कोरोनाको नयाँ प्रकार ८ यूरोपेली देशमा पनि देखा पर्याे, २०२१ झनै भयावह हुनसक्ने

१२ पुस, काठमाडौं । कोरोना भाइरसले लगातार आफ्नो रुप परिवर्तन गरिरहेको छ । बेलायत, दक्षिण अफ्रिका र नाइजेरियामा भाइरसको नयाँ रुप भेटिएकोमा अब ८ यूरोपेली देशहरुमा पनि भाइरसको नयाँ रुप फेला परेको छ ।

यसमा फ्रान्स र आयरल्याण्ड पनि शामिल रहेका छन्, जसको नयाँ रुपलाई लिएर विश्व नै आतंकित बनेको छ ।

डब्लूएचओका यूरोपेली क्षेत्रका क्षेत्रीय निर्देशक हन्स क्युगले ८ यूरोपेली देशमा भाइरसको नयाँ रुप भेटिएको बताएका हुन् । उनले आफ्नो कार्यालयले अवस्थालाई गम्भीरतापूवक हेरिरहेको जानकारी दिए ।

कोरोनाको पुरानो भाइरसको भन्दा फरक नतिजा देखाउदै नयाँ प्रकारको भाइरसले युवाहरुलाई बढी प्रभावित पारेको देखिएको उनले बताए । उनले नयाँ प्रकारको भाइरसका लागि रक्षात्मक र नियन्त्रणात्मक व्यवस्था कडाईका साथ पालना गर्नुपर्नेमा पनि जोड दिए ।

विश्व स्वास्थ्य संगठनले गत वर्षको मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी फैलिएको घोषणा गरेको थियो । विश्वव्यापी महामारी अहिले पनि जारी छ। अहिलेसम्म विश्वभरी ७ करोड ९७ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन् भने १७ लाख ४७ हजार भन्दा बढी मानिसले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।

२०२१ अझै भयावह हुनसक्ने
साइन्टिफिक एडभाइजरी ग्रुप अफ इमरजेन्सीका सदस्य प्रो.जोन एडमंड्स, प्रो.सेबेस्टियन र रोसलिंडका अनुसार, तीव्र रुपमा फैलिरहेको भाइरसको प्रसारको प्रत्यक्ष असर ठूलो मात्रामा बिरामीहरुबाट रहेको छ। यसकारण अस्पतालमा भर्ना हुने बिरामीहरुको संख्या बढ्नुका साथै मृत्युको आँकडा पनि बढ्नेछ । सन् २०१९/ २०२० को तुलनामा अझै भयावह हुनसक्ने बताएका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: