समाचार

जल्धारे सहकारीको मन्दिरलाई सहयोग

लेखनाथ,१५ पुस।

पोखरा महानगरपालिका वडा नं २६ को वुढिवजारमा रहेको जल्धारे बचत तथा ऋण सहकारी सस्थाले आफनो १३ औं स्थापना दिवसको अवसर पारेर पोखरा २६ कै कालिकाचोकमा रहेको दुर्गा मन्दिरलाई सहयोग गरेको छ ।

स्थापना दिवसका अवसरमा सहकारीले हरेक वर्ष सात शिध्यान्त अन्तरगतको सामाजिक उत्तरदाईत्वलाई आत्मसाथ गर्दै यस वर्ष निर्माणाधिन दुर्गा मन्दिरमा जाने बाटो र मन्दिरको वरपर रेलिङ निर्माण गरि सहयोग गरेको हो ।

मन्दिरमा जाने भत्तजनहरुको सुविधा र सुरक्षालाई मनन गरि करिव ८० हजारको लागतमा रेलिङ निर्माण गरिएको हो ।

कार्यक्रममा बोल्दै वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वरालले सहकारीले सेयर सदस्यलाई वार्षिक रुपमा बोनस मात्र वाढ्ने होईन नाफाँको केही हिस्सा सामाजिक क्षेत्रमा पनि खर्च गर्दा समाजमा सकरात्मक शन्देस जाने विचार राख्नु भएको थियो ।

सस्थाका अध्यक्ष श्रीकान्त ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा यस वर्षको एस इ इ परिक्षामा उत्कृष्ठ अंक ल्याउन सफल आयुस ढुगाना,रितिका अधिकारी,बाल बचत तर्फ आर्य ढुगाना,उत्कृष्ठ बचतकर्ता तर्फ भुवनेश्वरी गौतम,मदनप्रकाश वराल,सुनिता सार्की,रामलाल राववंशी,उत्कृष्ठ कारोवार तर्फ बिमला रानाभाट,कमल पौडेल,विवा विक र रेशम वहादुर गुरुङलाई सम्मान गरिएको थियो भने जेष्ठा सेयर सदस्यहरु मध्यबाट वावुराम वि क र विष्णुमाया तिवारीलाई दोसल्ला र कदर पत्रद्धारा सम्मान गरिएको हो ।

सस्थाका सचिव विचित्र प्रसाद ढुगानाले संचालन गरेको कार्यक्रममा सम्मानित ब्यत्तत्वहरुको तर्फबाट मदन प्रकाश बराल र कालिकाचोक टोल विकास सस्थाका अध्यक्ष गोमा बंजराले आ आफनो धारणा राखेको कार्यक्रममा धन्यवाद ज्ञापन पुव अध्यक्ष मनोहरि ढुगानाले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: