समाचार

केयर नेपालद्धारा सामुदायिक विद्यालयलाई मास्क हस्तारण

ऋषिराम रानाभाट
पोखरा, २० पौष । केयर नेपालले पोखराम महानगरपालिका अन्तरगतका सामुुदायिक विद्यालयलाई मास्क प्रदान गरेको छ।
पोखरा महानगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत महेश बरालले पोखरा महानगरको सभाहलमा विद्यालयका प्रधानाध्यापक एवम् शिक्षक प्रतिनिधिलाई हस्तान्तरण गर्नुु भयो । यस अघि हस्तान्तरण कार्यक्रममा प्रशासकीय अधिकृत बरालले पोखरा शिक्षा महाशाखाको निर्देशनलाई पालना गरी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाई सदुुपयोग हुुने गरी मास्क वितरण गर्न आग्रह गर्दै मास्क उपलब्ध गराउने केयर नेपाललाई धन्यवाद ज्ञापन गर्नुु भयो ।
यसै गरी पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुुख हेम प्रसाद आचार्यले केयर नेपालद्धारा शैक्षिक प्रशासन महाशाखा मार्फत पोखरा महानगरपालिका अन्तरगतका वडा नं. १, २, ३, ९, १२, १४, २८ र ३३ का सामुुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुलाईका लागि ४ वटा मास्का दरले मास्क वितरण गरीएको जानकारी दिंदै महाशाखाले तय गरेको स्वास्थ्य प्रोटोकललाई मध्येनजर राख्दै मास्कको प्रयोगले विद्यालयमा अध्यपान गर्न केही सहज हुुने व्यक्त गर्नुु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: