अर्थ खबरसमाज

कस्तुुरी बहुुउद्धेशीय सहकारीको दोस्रो साधारण सभा सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, २४ पुुष ।
कस्तुुरी बहुुउद्धेशीय सहकारी संस्था लिमिटेडको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही पौष २२ गते सुुरु भएको साधारण सभा शुुक्रबार सम्पन्न भएको हो ।
सहकारीका जेष्ठ सदस्य विष्णुु बहादुुर खड्का क्षेत्रीले कस्तुुरी बहुुउद्धेशीय सहकारीले आफ्नो उद्धेश्य अनुुसार विभिन्न सामाजिक तथा मानविय क्षेत्रमा काम गरेको जानकारी दिंदै सम्पूूर्ण सेयर सदस्यहरु एकजुुट भएमा यस क्षेत्रमा सहकारीलाई नमुुना सहकारी बनाउन सकिने धारणा व्यक्त गर्नुु भयो ।
पोखरा महानगरपालिका वडा नं.२७, ३० र ३२ लाई आफ्नो कार्य क्षेत्र बनाई वित्तिय कार्य सुुरु गरेको सहकारीको उक्त साधारण सभाका अध्यक्ष सिव सिग्देलले अध्यक्षको वार्षिक प्रतिवेदन प्रस्तुुत गर्दै सहकारीले गरेका प्रगती विवरण एवम् भावी योजनाका वारेमा स्पष्ट पार्नुु भएको थियो । यसै गरी सचिव अपिल सिग्देलद्धारा प्रस्तुुत प्रतिवेदन तथा कोषाध्यक्ष सिजन गुुरुङद्धारा प्रस्तुुत आर्थिक प्रतिवेदन साधारण सभाले सर्वसम्मत रुपमा पारित गरेको थियो ।
१९० जना सेयर सदस्यहरु रहेको सहकारीका अध्यक्ष शिव शिग्देको अध्यक्षतामा सम्पन्न भएको उक्त वार्षिक साधारण सभा कार्यक्रमको सञ्चालन सहकारीका प्रबन्धक अमृत अधिकारीले गर्नुु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: