नेपाल लायन्स गुुठीद्धारा विभिन्न परियोजनाका लागि चेक हस्तान्तरण

ऋषिराम रानाभाट
पोखरा, २७ पुुष ।
अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ अन्तरगत नेपाल लायन्स फाउन्डेसनद्धारा विभिन्न परियोजनाका लागि चेक हस्तान्तरण गरिएको छ । लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ का डिष्ट्रिक गभर्नर मन बहादुर रोका र प्रथम डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले पोखराका लायन्स क्लबका अध्यक्षहरुलाई आज चेक हस्तान्तरण गर्नुु भयो ।
चेक हस्तान्तरण कार्यक्रममा डिष्ट्रिक गभर्नर मन बहादुुर रोकाले क्लबहरुले पेश गरेको परियोजनाभित्र रहेर परियोजनालाई समयमै सम्पन्न गर्नुपर्ने कुुरामा जोड दिंदै आर्थिकलाई पारदर्शी रुपमा हिसाब राख्न पनि सबै क्लबका अध्यक्षहरुलाई आग्रह समेत गर्नुु भयो । सोही कार्यक्रममा प्रथम डिष्ट्रिक गभर्नर विशेश्वर आचार्यले क्लबहरुको सक्रियता र योगदानले नै डिष्ट्रिकको नेपाल लायन्स फाउन्डेसन बलियो भएको भन्दै सोही अनुुसार परियोजना सम्पन्न गर्न पनि आग्रह समेत आचार्यले गर्नुु भयो ।
यसै गरी भुुपुु डिष्ट्रिक गभर्नर योगेन्द्र प्रधानले एन एल एफ को स्रोत भनेको क्लब भएको भन्दै हाल सम्म एन एल एफ गुुठीमा ५ करोड भन्दा बढी रकम जम्मा भएको जानकारी दिनुु भयो । उक्त रकमको व्याजबाट क्लबका सामाजिक तथा मानविय क्रियाकलापको आधारमा क्लबहरुले पेश गरेको परियोजना सम्पन्न गर्नका लागि ५० हजार वितरण गरिएको बताउनुु भयो ।
कार्यक्रममा लायन्स क्लब अफ वेगनास तालनगरीका अध्यक्ष शक्ति श्री तिवारी, लायन्स क्लब अफ भिउ सिटी, लायन्स क्लब अफ माउन्ट सिटी, लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन, लायन्स क्लब अफ पिस टाउन, लायन्स क्लब अफ पोखरा गतिशिल मन्जरी, लायन्स क्लब अफ पोखरा गण्डकी, लायन्स क्लब अफ पोखरा हेरिटेज, लायन्स क्लब अफ पोखरा डल्फिन, लायन्स क्लब अफ पोखरा गतिशिल, लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी, लायन्स क्लब अफ लेखनाथ सिमसार, लायन्स क्लब अफ पोखरा अम्मरबुुद्ध , लायन्स क्लब अफ लेखनाथ सेभन लेकसिटी लाई चेक हस्तान्तरण गरिएको कार्यक्रमको सञ्चालन नेपाल लायन्स गुुठीका प्रमुख दुुर्गा ढकालले गर्नुु भएको थियो ।