समाचारसमाज

विकास निर्माणमा एकजुुट हुन पोखरा विश्वविद्यालयका उपकुुलपति अर्यालको आग्रह

ऋषिराम रानाभाट
लेखनाथ, १ माघ ।
पोखरा विश्व विद्यालयका उपकुुलपति प्रेम नारायण अर्यालले विकास निर्माणका लागि राजिनिति नगरी एकजुुट हुुन आग्रह गर्नुु भयो । पोखरा महानगरापालिका वडा नं.२७ तालचोकमा माछापुुच्छ«े पोलिक्लिनिक एण्ड डायग्नोष्टिक प्रा.लि.को शुुभारम्भ कार्यक्रममा अर्यालले उक्त कुुरा बताउनुु भएको हो ।
यस क्षेत्रका सबै नागरिकको साथ सहयोगले मात्रै यस क्षेत्रमा शिक्षा र स्वास्थ्य क्षेत्रमा विकास निर्माण गर्न सकिने बताउँदै निजि लगानीमा सञ्चालनमा आएको पोलिक्लिनिकले यस क्षेत्रमा सर्वसुुलभ तरिकाले गुुणस्तरीय सेवा प्रवाह गर्दै भविष्यमा देशकै एक उदाहरणीय नमूूना अस्पतालको रुपमा विकास होस् भन्ने शुुभकामना व्यक्त गर्नुु भयो ।

यसै गरी सोही कार्यक्रममा नेपाली कांग्रेस कास्की जिल्लाका सभापति कृष्ण केसीले विकासका लागि लगानी र त्यागको आवश्यक हुने भन्दै स्वास्थ्य क्षेत्रमा लामो समयसम्म योगदान गर्ने चिकित्सकहरु र अहिलेका युुवा पुुस्ताका चिकित्सकहरुको संगलग्नताले पूर्वी भेगका नागरीकले स्वास्थ्यमा गुुणस्तरीय सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बाबुुराम गिरी, संक्रामक तथा सरुवा रोग अस्पताल लेखनाथका प्रमुुख डाक्टर विकास गौचन, डाक्टर कालुु शर्मा, डाक्टर मुुकुुन्द प्रसाद आचार्य, पोखरा महानगरपालिका वडा नं.३० का वडा अध्यक्ष श्रीराम पोख्रेल, वडा नं.२७ का वडा अध्यक्ष पूूर्ण कुमार गुुरुङ, नेपाली कांग्रेस पोखरा महानगरका सह संयोजक राजेन्द्रमणी लामिछाने, नेकपा जिल्ला सदस्य नारायण्ी भट्टराई, नेपली कांग्रेस क्षेत्र नं.१ क का क्षेत्रिय सभापति शरदराज सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल लगाएतले यस क्षेत्रमा सन्चालनमा आएको माछापुुच्छ«े पोलिक्लिनिको उच्च सम्मान गर्दै यसको लक्ष्य र उद्धेशय अनुुसार अगाडि बढ्न सफलतको शुुभकामना व्यक्त गर्दै आफ्नो क्षेत्रबाट सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुु भयो ।
डाक्टर प्रकाश भट्टराइले स्वागत गर्दै यस क्षेत्रमा गुुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्धेश्यले निजि लगानीमा माछापुुच्छ«े पोलिक्लिनिक सन्चालनमा ल्याइएको जानकारी दिंदै निकट भविष्यमा नै सिटी स्क्यान समेतको सेवा प्रदान गरिने पनि जानकारी दिनुु भयो । यस पोलिक्लिनिकमा २४ सै घण्टा आकस्मिक सेवा रहने, अत्याधुुनिक ल्यावको व्यवस्था, इन्डोस्कोपी, एक्स रे , भिडियो एक्सरे , मानर अपरेसन, फारमेसी, नसा तथा हाडजोर्नीै , नाक, कान, घाँटी, छाला तथा यौन रोग , कुुष्ट रोग लगाएतका रोगहरुको उपचार हुने जानकारी दिंदै भविष्यमा एउटा अस्पतालको रुपमा विकास गरी यस क्षेत्रका नागरीकलाई स्वास्थ्य सेवा प्रदान गर्ने यस पोलिक्लिनिकको उद्धेश्य रहेको जानकारी दिनुु भयो ।

पोलिक्लिनिक सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चालक पुुष्पमण्ी भण्ढारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन समाजसेवी मेती गिरीले गर्नुु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: