मनोरञ्जनसमाज

नेपाल मगर संघ बुढिबजार ईकाइले विविध कार्यक्रम गरी मकर सक्राती मनायो

लेखनाथ,१ माघ पुस।
नेपाल मगर संघ बुढिबजार ईकाइ समिति पोखरा–२६ ले विविध कार्यक्रम गरी मकर सक्राती मनाएको छ ।  आफ्नो कला र सस्कृतीको संरक्षण गर्ने उदेस्यले हरेक वर्ष मागे सक्रातीका दिन समाजले मकर सक्रातीका रुपमा मनाउदै आएको पर्वलाई यो वर्ष पनि समाजको आफनै भवन गुदेतालको किनारामा सामुहिक रुपमा मनाएको हो ।
मगर समुदायको मौलीक सस्कृतीका रुपमा रहेको यो पर्वलाई विषेश गरि पितृहरुको सम्झना गर्दै पुजा पाठ गर्ने र आफना चेलीबटीहरुलाई बोलाएर मिठा मिठा परिकार खुवाउनुका साथै नाचगान गरी मकर सक्राती मनाइने प्रचलन रहदै आएको छ ।
यसै क्रममा बुढिबजार ईकाई समितिले विभिन्न जिल्लाबाट आएर बुुढीबजारमा वसोवास गर्दै आएका आफना दाजुभाई तथा दिदी वहिनीहरुको भेला गरि सामुहिक रुपमा मकर सक्राती मनाएको बताईएको छ ।
नेपाल मगर संघ बुढिबजार ईकाई समितिका अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ सल्लाहकार यम बहादुर थापा मगर,पुर्व अध्यक्ष गणेश कुमार आले,संघका उपाध्यक्ष भिमकुमारी सारु र सचिव केश गुर्माछान लगाएतले मकंर सक्राती मगर समुदायको महोत्व पुर्ण चाड रहेकाले यसको महत्व दिन प्रतिदिन बढ्दै गएको विचार राखेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: