समाचार

प्रधानमन्त्री एक दिवसीय क्रिकेट कप आज देखि सुुरु हुुँदै

काठमाण्डौ, २ माघ ।
प्रधानमन्त्री कप पुरुष एक दिवसीय क्रिकेट कप आज देखि काठमाडौंमा सुुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुन लागेको प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मूलपानी क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश प्रतिस्पर्धा गर्नेद्धन् । माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिम गरी कुल १० टोलीको सहभागिता रहनेछ ।

दुई समूहमा विभाजन गरी खेलाइने प्रतियोगिताका शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेद्धन् । समूह ए मा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ, प्रदेश–१, गण्डकी प्रदेश, र कर्णाली प्रदेश रहेका छन् । समूह बी मा नेपाल पुलिस क्लब, प्रदेश–२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Related Articles

Back to top button
%d bloggers like this: