समाचार

कालिका सामुदायीक सेवा केन्द्रको अध्यक्षमा तिवारी

ऋषिराम रानाभाट
लेखनाथ, ३ माघ ।
कालिका सामुदायीक सेवा केन्द्रको अध्यक्षमा राधाकृष्ण तिवारी चयन भएका छन । शनिबार सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभा एवं तेश्रो अधिवेशनले तिवारीलाई सर्वसम्मत रुपमा चयन गरेको हो ।
यस्तै नवनिर्वाचित उपाध्यक्षमा लिलामोहन कुईकेल, सचिवमा विकल केसी, सह सचिवमा प्रविन नेपाली कोषाध्यक्षमा शुसिला कुईँकेल चयन हुुनुु भएको छ । बाँकी सदस्य पदका लागी भएको निर्वाचनमा भुवन केसी, शान्ती भुजेल, मेलीना सापकोटा लामिछाने, शम्भु पाण्डे, नविन अधिकारी, सागर अधिकारी, विश्वराज पौडेल, सविता कँडेल, दिपेन्द्र केसी, सञ्जय लामिछाने निर्वाचित भएको नव निर्वाचित विकल केसीले जानकारी दिनुु भयो ।
यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ईलाका प्रहरी कार्यालय डाँडाको नाकका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र मरासैनीले विगतमा प्रहरी र नागरीकविचको सम्बन्ध सुमधुर हुन नसकेको वताउँदै सामुदायीक सेवा केन्द्रको स्थापनाबाट नागरीक र प्रहरीसँगको सम्बन्धलाई पुलको रुपमा काम गरेको वताउँदै सबै नागरीक मिलेर प्रहरीलाई सहयोग गर्नुपर्ने र प्रहरी संधै जनताको सुख दुखमा साथ रहने प्रतिवद्धता व्यक्त गर्नुु भएको थियो ।
डिएसपी मरासैनीले समाज रुपान्तरण सामुदायीक सेवा केन्द्र, नागरीक र प्रहरीको संयुक्त प्रयासबाट मात्रै सम्भव भएको वताउँदै समाजमा भएका विकृति विसंगती हटाउन नागरीकस्तरबाट प्राप्त हुने सुचनाले ठुलो महत्व राख्ने वतानुु भयो । उहाँले प्रहरी कानुन कार्यन्वयन गराउने निकायको रुपमा रहेको भएपनि कतिपय अवस्थामा व्यवहारीक कानुनको पनि अवलम्बन गर्नुपर्ने अवस्था हुने सो अवसरमा बताउनुु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. २८ का अध्यक्ष निर्मल दियालीले समाज रुपान्तरणका लागी सबैको साझा संकल्प हुनुपर्नेमा जोड दिंदै संस्थाले गर्नुपर्ने काममा सबैको अपनत्व हुनुपर्ने बताउनुु भएको थियो । वडाध्यक्ष दियालीले निर्वाचित जनप्रतिनिधिहरु जनताको सेवक भएको र वडाबाट निष्पक्ष रुपमा सेवा प्रवाह गरेको वताउँदै सामुदायीक सेवा केन्द्रको व्यवस्थापनको लागी आफुले कहिल्यै भेदभाव नगरेको बताउनुु भयो ।
यस्तै मादि गाउँपालिका वडा नं. ५ का अध्यक्ष रतन गुरुङले नयाँ कार्यसमितिमा मादी गाउँपालीकाको वडा नं. ५ को तर्फबाट पनि सम्मानजनक प्रतिनिधित्वको अपेक्षा राख्दै महिलाहरुको तर्फबाट पनि उचीत प्रतिनिधित्व हुनुपर्ने र नेतृत्व गर्न सक्ने सक्षम व्यक्तिहरुलाई समावेश गर्न सुझाव दिनुु भएको थियो ।
सामुदायीक सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीका महासचिव उत्तम जोशीले संक्रमणकालीन अवस्थामा पनि संस्थाले गरेको कार्यको उच्च प्रशंसा गर्नुु भएको थियो भने नेपाली काग्रेस वडा नं. २८ का सभापति विकास गुरुङले सामाजिक संस्थामा राजनितिक स्वार्थभन्दा माथि उठेर लाग्नुपर्ने र यस्था संस्थाहरुलाई वडाले पनि उचित सहयोग र समन्वय गर्नुपर्ने बताउनुु भयो ।
यसैगरी नेकपा वडा नं. २८ का सचिव नारायण त्रिपाठीले सामुदायीक सेवा केन्द्रको स्थापनापछि समाजमा शान्ति सुरक्षाको अनुभुति भएको बताउनुु भएको थियो ।
कार्यक्रममा महिलाहरुको तर्फबाट विष्णुमाया पौडेल, सामुदायीक सेवा केन्द्रको तर्फबाट लेखनाथ सामुदायीक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, नेपाल रेडक्रस सोसाईटी वडा नं. २८ उपशाखाका उपाध्यक्ष शिव अधिकारी लगायतले बाल्नुु भएको थियो । कार्यक्रममा अध्यक्षको प्रतिवेदन, सचिवको प्रतिवेदन र कोषाध्यक्ष आर्थिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको थियो ।
संस्थाका अध्यक्ष हुमनाथ अधिकारीको अध्यक्षता सम्पन्न कार्यक्रममा कोषाध्यक्ष लिलामोहन कुईँकेलले स्वागत गर्नुु भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव राधाकृष्ण तिवारीले गर्नुु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: