समाजस्थानीय

रेडक्रस मानव सेवाको साझा चौतारी ः कास्की शाखा उपसभापति तिमिल्सिना,

पोखरा ३१ उपशाखको २५ औं वार्षिक साधारण सभा सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, १० माघ ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका उपसभापति कृष्ण तिमिल्सिनाले रेडक्रस सोसाइटी भनेको मानव सेवाको साझा चौतारी भएको बताउनुु भयो । पोखरा महानगरपालिका वडा नं. रेडक्रस उपशाखाको २५ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले सो कुुरा बताउनुु भएको हो ।
कार्यक्रममा उपसभापति तिमिल्सिनाले आपत विपतमा परेका व्यक्तिहरुलाई निस्वार्थ भावनाले स्वयमसेवी रुपमा मानविय सेवा गर्ने संस्था भएको बताउँदै पोखरा ३१ रेडक्रस उपशाखा मार्फत मानव सेवामा जुुट्न आग्रह गर्नुु भयो । विचारमा फरक भए पनि आजिवन सदस्य भएको नाताले वर्षको कम्तिमा पनि एक पटक मानव सेवामा लाग्नुुपर्ने धारणा राख्दै संघिय संरचना अनुुुसार रेडक्रसको सांगठनिक स्वरुपमा विकास गर्न रेडक्रस केन्द्रले रेडक्रसको विधान तयार नर्ग लागेको समेत जानकारी दिनुु भयो । रेडक्रसका सिद्धान्तलाई आत्मसाथ गर्दै मानव सेवामा केही सहयोग गर्न सके मात्रै आत्मसन्तुष्टि हुुने विचातर व्यक्त गर्नुु भयो । एक फरक प्रसंगमा उपसभापति तिमिल्सिनाले कुुर्लुुङ खोला खानेपानी परियोजना सरोकारवाला सबै समुुदायले उपभोग गर्न पाउने गरी आफ्नो तर्फबाट सकारात्मक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुु भयो ।
यसै गरी सोही कार्यक्रममा उपशाखाका सल्लाहकार शंकरनाथ पौडेल र सिढ फाउण्डेसनका निर्देशक दामोदर भक्त थापाले रेडक्रका सिद्धान्तलाई आन्त्मसाथ गर्दै व्यवहारमा कार्यन्वयन गर्नुुपर्ने कुुरामा जोड दिनुु भयो । पौडेलले कुुर्लुुङ खोला खानेपानी योजना हंसपुुर, रुपा र पोखरा ३१ का उपभोक्तहरुले खानेपानीको उपभोग गर्ने गरी विगतमा समजदारी भएको बताउँदै आगामी दिनमा पनि सोही अनुुसार समजदारीलाई कार्यन्वयन गर्नुुपर्ने कुरामा सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, सामाजिक संघ संस्थाहरु र सरोकारवालाहरुको ध्यानआकर्षण समेत गराउनुु भयो ।
उपशाखा कार्यसमितिका सदस्य चिरिन्जिवी अधिकारीले स्वागत गर्नुु भएको कार्यक्रममा उपशाखाका सभापति रुद्रनाथ अधिकारीले उपशाखाले कोभिड १९ को विषम परिस्थितमा पनि सामाजिक तथा मानव सेवाका कार्यहरु गरेको जानकारी गराउँदै रजत वर्ष पनि भएकाले रजत वर्षलाई भव्य र सभ्य रुपमा सफल पार्न सबैमा अनुुरोध पनि गर्नुु भयो ।
पोखरा ३१ पचभैया देउरालीमा सम्पन्न भएको कार्यक्रमको सन्चालन उपशाखाका सचिव सन्तोष अधिकारीले गर्नुु भएको थियो भने कोषाअध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले प्रस्तुुत गर्नुु भएको आर्थिक प्रतिवेदन र सभापति अधिकारीले प्रस्तुुत गर्नुु भएको सांगठनिक प्रतिवेदन सर्वसम्मत रुपमा पारित गरिएको कुुरा सचिव सन्तोष अधिकारीले गाउँले मिडियालाई जानकारी दिनुु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: