समाचार

महिला राष्ट्रिय लिग फुटबलमा आर्मीमाथि एपीएफको सहज जित

काठमाडौँ , माघ १३ ।  एपीएफले महिला राष्ट्रिय लिग फुटबलमा मंगलबार आर्मीमाथि २–० को सजिलो जित निकालेको छ । एपीएफको यो प्रतियोगितामा लगातार तेस्रो जित हो ।

सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा अञ्जलीकुमारी योञ्जन र सरु लिम्बूले एक एक गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । सावित्रा भण्डारीले यस खेलमा कुनै गोल गर्न सकिनन्, तर टिमका दुवै गोलमा उनको सहयोगी भूमिका रह्यो ।

एपीएफको तीन खेलबाट अधिकतम नौ अंक भएको छ र शीर्ष स्थानमा रहेको छ । आर्मी तीन खेलबाट चार अंक भएको छ । आर्मीको यो पहिलो हार हो ।

यसअघि मंगलबारको पहिलो खेलमा पुलिसले वालिङ नगरपालिकासँग १–१ को बराबरी खेलेको थियो । गोलरहित बराबरीको पहिलो हाफपछि वालिङले सुरुआती अग्रता लिएको थियो । टिमका विदेशी खेलाडी थियो रुथले ५३ औं मिनेटमा गोल गरिन् ।

तर वालिङको यो अग्रता लामो समय टिकेन र ६५ औं मिनेटमा रेखा पौडेलले बराबरी गोल फर्काइन् । पुलिसको तीन खेलबाट पाँच अंक भएको छ र यो उसको दोस्रो बराबरी हो । वालिङको भने तीन खेलबाट दुई अंक भएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: