समाजस्थानीय

लायन्स क्लब अफ वेगनास तालनगरीद्धारा न्यानो कपडा वितरण

ऋषिराम रानाभाट
लेखनाथ, १७ माघ ।
लायन्स क्लब अफ वेगनास तालनगरीले शनिवार न्यानो कपडा एवम् शैक्षिक सामग्री वितरण गरेको छ ।
पोखरा महानगरपािलका वडा नं.३१ ज्लाधार आधारभुत विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमका विच वितरण गरिएको हो । क्लबका सचिव अरुण चन्द्र सुुवेदी र कोषाध्यक्ष विनोद त्रिपाठीले आफ्नो जन्म दिनको अवसरमा उक्त न्यानो कपडा वितरण कार्यक्रमलाई आर्थिक सहयोग गरेका हुुन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढकनाथ कंडेलले सामाजि एवम् मानविय सेवा गर्नुु नै धर्म हुुने बताउँदै क्लबले पवित्र जस्तो विद्यालयमा न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए । क्लबले स्थापनाकाल देखि नै सामाजिक तथा मानविय सेवामा गरेका कार्यहरुको प्रशंसा समेत गर्नुु भएको थियो ।
यसै गरी अन्तरािष्ट्रय लायन्स क्लब ३२५ वि १ नेपालका डिष्ट्रिक पि आर ओ एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले क्लबले सामाजिक क्षेत्र तथा मानविय सेवामा गरेका कार्यको चर्चा गर्दै न्यानो कपडा वितरण कार्यलाई योगदान गर्ने क्लबका सचिव अरुण चन्द्र सुुवेदी र कोषाध्यक्ष विनोद त्रिपाठीर्ला धन्यवाद दिंदै आगामी दिनमा पनि जन्म दिनका अवसरमा समाजिक कार्यमा केही योगदान गर्न सके आत्मसन्तुुष्टि हुुने विचार व्यक्त गर्नुु भयो ।
यसै गरी सोही कार्यक्रममा जोन १२१ का जोन चियरपर्सन सागर लामिछाने, विद्यालयका प्रधानाध्यापक मिना शर्मा तिवारी, क्लबका प्रथम उपाध्यक्ष प्रभा भुुजेल लगाएतले लायन्सका वारेमा चर्चा गर्नुु भएको थियो । क्लबका कोषाध्यक्ष विनोद त्रिपाठीले स्वागत एवम् कार्यक्रममाथि प्रकाश पार्नुु भएको कार्यक्रमको सन्चालन तृतिय उपाध्यक्ष त्रिलोचन लामिछानेले गर्नुु भएको थियो भने कार्यक्रम क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: