
काठमाण्डौ, २१ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त डा गणेशराज जोशीले राजीनामा पेश गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आयुक्त जोशीले राजीनामा पेश गरेको हुन्।
नेपालको संविधानबमोजिम आजदेखि लागू हुने गरी आयुक्त पदबाट उनले राजीनामा दिएका छन्। संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (क) बमोजिम लिखित राजीनामा दिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगनाथ पन्तले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।
बुधबार बिहान मात्रै प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोर कुमार सिलवाल र जय बहादुर चन्दलाई आयुक्त नियुक्त भएका छन्।