समाचार

मादी गाउँपालिकाको केन्द्र सार्ने वारे बिबाद

पोखरा,२१ माघ । कास्कीको मादी गाउँपालिकाको केन्द्र सार्ने विषयमा विवाद भएको छ । मादी गाउँपालिकाको गाउँ सभाले सिफारिस गरेको निर्णयविरुद्ध असन्तुष्ट पक्षले मंगलबार गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका थिए ।
छैटौँ गाउँसभाले पालिकाको केन्द्र वडा नं ४ र ५ अन्तर्गत मादी करिडोर छेउपर्ने बेतेनी वडा नं ३ स्थित याङ्जाकोट देउराली, वडा नं ४ को तारकाङस्थित माजडी र साविक वडा नं ३ स्थित याङ्जाकोट गरी चार विकल्प तय गरी केन्द्र सार्न गण्डकी प्रदेश सरकारलाई सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष बेद बहादुर गुरुङले बताउनुु भयो ।
यता गाउँपालिकाको केन्द्र सार्ने निर्णय राजनीतिक सहमति र स्थानीय स्वायत्त शासन ऐनविपरीत भएकाले आन्दोलनमा उत्रिनुपरेको स्थानियको दाबी छ । गाउँसभाले केन्द्रका लागि चार विकल्प सिफारिस गर्ने सर्वसम्मत निर्णय गरे पनि गाउँपालिकाले एकलौटीरूपमा बेतेनीमा केन्द्र बनाउन सिफारिस गरेको स्थानियको गुनासो रहेको छ ।
गाउँपालिकाको सोही सिफारिसको आधारमा प्रदेस सरकारले पालिकाको केन्द्र हालको मादी–३ याङ्जाकोटबाट साझा बेतेनीमा सार्न सङ्घीय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको भोलीपल्ट गाउँपालिकाको कार्यलयमा स्थानियले तालाबन्दि गरेका थिए भने केन्द्र याङजाकोटमा नै हुनुपर्ने असन्तुष्ट पक्षले माग राखी बुधबार विहान देखि स्थानियले धर्ना दिएका छन् भने गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले वार्ता र छलफलका माध्यमबाट समाधान गर्न सकिने बताउँदै पूर्व जानकारी बिना एक्कासी तालाबन्दी गरिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो ।

Related Articles

Back to top button
%d bloggers like this: