समाचार

राज्य संयन्त्रका नेतृत्वबाट सृंखलाबद्ध रुपमा संविधानको उलंघन ः सभामुुख सापकोटा

काठमाण्डौ, २३ माघ ।
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शृंखलाबद्ध रुपमा संविधानको उल्लंघन भएको बताउनुु भएको छ । जनताको लामो त्याग र विभिन्न कालखण्डमा भएका संघर्ष र बलिदानको प्रतिफल स्वरुप संविधान सभा मार्फत जनताका प्रतिनिधिद्धारा निर्मित संविधानको पालना, संरक्षण र सम्बद्र्धन दायिन्व बोकेर राज्य संयन्त्रका नेतृत्वबाटै सृंखलाबद्ध रुपमा संविधानको उलंघन भइरहेको सम्बन्धमा आफ्नो गम्भिर ध्यानकर्षण भएको बताउनुु भयो ।

सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले शृंखलाबद्ध रुपमा संविधान उल्लंघन गरेका कारण संविधानको रक्षा, संरक्षण र संवर्द्धनको लागि आफू संविधान र कानुनको अन्तिम व्याख्या गर्ने अधिकार पाएको सर्वोच्च अदालतमा पुगेको बताए । सभामुख सापकोटाले संसदीय सुनुवाइबिना संवैधानिक आयोगका पदाधिकारी नियुक्त गरिएको भन्दै यसले राज्य सञ्चालनका विधि, पद्धति र प्रक्रिया मिच्दै संविधानमाथि प्रहरा भएको बताउनुु भयो ।
असंवैधानिक रुपमा संसद् विघटन गरिएका कारण संसदीय सुनुवाइ समितिमा सुनुवाइ हुन नसक्ने स्थिति भएकाले सबै सक्कल कागज संवैधानिक परिषद्‌मा फिर्ता पठाइएको स्मरण गराउँदै उहाँले संवैधानिक परिषद्ले पुनः सिफारिस गर्नुपर्ने बाध्यात्मक अवस्थाको विपरीत नियुक्ति गरिनु संविधानविपरीत भएको बताउनुु भयो । संवैधानिक परिषद्को निर्णय रहस्यमयी र पारदर्शी नभएको उहाँको कथन छ ।

सञ्चारकर्मीहरुको जिज्ञासाको उत्तर दिँदै सभामुख सापकोटाले संसद् बैठक बोलाउने विषयमा सबै पक्षसँग सल्लाह परामर्श गरिरहेको बताउनुु भयो । आफूले जे गरे पनि राष्ट्रको हितमा केन्द्रित भएर गर्ने भन्दै उहाँले आफू विवेकका आधारमा सत्यको अन्वेषण गर्न लागेको जानकारी दिनुु भयो । देश र जनताको पक्षमा ठीक छ भन्ने आफ्नो चेतनाले निर्देशित गर्‍यो भने विवेकको आधारमा काम गर्ने सभामुख सापकोटाको भनाइ थियो ।

सभामुख सापकोटाले स्वेच्छाचारी ढंगले संविधान माथि खेलबाड गर्दै संविधानविपरीतका कार्यहरु थपिँदै जाँदा भयावह अवस्थाको सिर्जना नहोस् भनी आफ्ना तर्फबाट भगिरथ प्रयत्न जारी राख्ने पनि बताउनुु भयो । सभामुख सापकोटाले संवैधानिक आयोगहरुमा भएको नियुक्तिविरुद्ध शुक्रबार सर्वोच्च अदालत पुगेर रिट निवेदन दर्ता गराउनुु भएको छ ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: