समाचार

पर्वत उवा संघको महिला उद्योमीलाई लेखनाथमा स्वागत

लेखनाथ,२४ माघ । पर्वत उद्योग बाणिज्य संघको महिला उद्योमीहरुको भ्रमण टोलीलाई सनिवार एक कार्यक्रमका विच लेखनाथमा स्वागत तथा सम्मान गरिएको छ । अध्यन अवलोकन भ्रमणको सिलसिलामा लेखनाथ आईपुगेको भ्रमण टोलीलाई लेखनाथ उद्योग बाणिज्य संघले स्वातग गर्दै ब्यवसायीक अनुभव साटासाट गरिएको हो ।

कार्यक्रममा बोल्दै लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले दुई सस्थाका विच भाइचाराको सम्वन्ध विस्तार गर्दै ब्यवसायीक अनुभव र वजारीकरणको क्षेत्रमा पनि सहकार्य गर्दै अगाडी वढ्न सके दुवै क्षेत्रका महिला उद्योमीहरुलाई सहयोग पुग्ने विश्वास ब्यक्त गर्नु भएको थियो ।

सोही अवसरम भम्रण टोेलीका संयोजक तथा पर्वत उद्योग बाणिज्य संघ महिला उद्येमी सभापति माया गिरीले महिलाहरुको आय आर्जनमा सहयोग पुग्ने गरि स्थानिय स्रोत र साधनको प्रयोग गरि उद्योग कलकारखाना संचालनको अभियानमा लाग्नु पर्ने सुभाव दिनु भएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघ महिला उद्योमी परिचालन उप समितिका संयोजक मेनुका श्रेष्ठले दुई सस्थाका विचको सम्वन्धलाई आगामी दिनमा अझ वढि प्रभावकारी बनाउन सहकार्यको आवस्यकता औल्याउनु भएको थियो । उक्त कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र वास्तोलाले गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: