समाजस्थानीय

नौविसे ओख्ले डाँडा टोल विकास संस्थाको अध्यक्षमा पौडेल

ऋषिरम रानाभाट
लेखनाथ, २४ माघ ।
नौविसे ओख्ले डाँडा टोल विकास संस्थाको अध्यक्ष्मा प्रमोद कुुमार पौडेल चयन हुनु भएको छ । दशौं वाषिर्क साधारण सभा एवम् छैटौं अधिवेशनले पौडेललाई लाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यसै गरी उपाध्यक्षमा शान्ता पौडेल, सचिवमा विष्णुु प्रसाद लामिछाने, कोषाध्यक्षमा दुर्गा देवि घिमिरे र सह सचिवमा दिपक सापकोटा सर्वसम्मत रुपमा चयन चयन हुनु भएको छ ।
यसै गरी सदस्यहरुमा सोम बहादुर थापा, शान्ति सुवेदी, कृष बहादुर कुमाल, कल्पना अधिकारी, मेघनाथ मरासिनी र चिजामायाँ थापा रहनु भएको छ । यसै गरी सुरज तिवारीको संयोजकत्वमा एक लेखा समिति समेत उक्त अधिवेशनले चयन गरेको छ भने लेखा समितिको सदस्यहरुमा सरस्वती आचार्य र देवि प्रसाद सुवेदी चयन हुनु भएको छ ।
यस अघि कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२९ का वडा अध्यक्ष चेत बहादुर गुरुङले नौविसै ओख्ले डाँडा टोल विकास संस्थाले आफ्नो टोलमा गरेका कामहरुको प्रशंसा गर्दै टोलविकास संस्था मार्फत गरिने सामाजिक कार्यमा वडा बाट आफूले गर्नुपर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
यसै गरी लेखनाथ उद्योग वाणिज्यसंघका अध्यक्ष बलराम ढकालले आफ्नो टोलको विकास गर्न टोलवासीहरु नै लाग्नुपर्ने बताउँदै लेखनाथ उद्योग वाणिज्य संघले गर्ने विभिन्न सामाजिक कार्यहरुमा टोल विकास संस्थाहरुले पु¥याएको योगदानको चर्चा गर्नु भयो ।

सोही कार्यक्रममा समाजसेवी एवम् संस्थाका सल्लाहकार विजयबाबु बनवासी, पशुचिकित्सक एवम् सल्लाहकार ठगेन्द्र प्रसाद अर्याल लगाएतले नौविसे ओख्ले डाँडा टोल विकास संस्थामा रहेका सबै टोल बासीहरुको भावनात्मक एकता भएमा यस टोललाई नमूना टोलको रुपमा विकास गर्न सकिने बताउनु भयौ । यसै गरी साहारा आमा समूहकी अध्यक्ष लक्ष्मी अर्याल, चेतनशिल आदर्श युवाक्लबका अध्यक्ष किशोर सुवेदी, समाजसेवी विमल बाबुु न्यौपाने लेखा संयोजक सुरज तिवारीले टोल विकासका वारेमा वोल्नु भएको थियो ।
एकका लागि सबै र सबैका लागि एक भन्ने मान्यतालाई आत्मसाथ गर्दै स्थापना गरि टोल विकास संस्थाले संस्थासँग आवद्ध भएका सदस्यहरुसँग आर्थिक कारोबार गर्दै आएको कोषाध्यक्ष प्रमोद कुुमार पौडेलले बताउँदै संस्थामा आवद्ध भएका १७५ सदस्यहरुबाट मासिक रुपमा रु ५ सय वचत संकलन गरी आर्थि वर्ष २०७६ / ७७ मा ७५ लाख १७ हजार २ सय ४९ रुपैया आर्थिक कारोवार भएको पोडेलले जानकारी दिंदै संस्थामा ७ लाख ८४ हजार ९ सय ५८ नाफा भएको बताउनु भयो । संस्थाले सदस्यहरुलाई समस्याको प्राथमिकताको आधारमा साधारण जवानीमा ५० हजार र एकाघरका सदस्यहरुको रोहबरमा १ लाख सम्म कर्जा प्रवाह गरेको उक्त अवसरमा पौडेलले जानकारी दिनु  भयो ।
एस इ इ परीक्षा २०७७ मा उत्कृष्ट नतिजा हासिल गर्ने बाबुु नानीहरुलाई सम्मान समेत गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष हेम बहादुुर बानियाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सन्चालन सचिव सञ्जय बाबु भट्टराइले गर्नु भएको नव निर्वाचित अध्यक्ष प्रमोद कुमार पौडेलले जानकारी दिनु  भयो ।

Related Articles

Back to top button
%d bloggers like this: