समाजस्थानीय

नागरिक परोपकार समन्वय संस्था पोखरा–३० को अध्यक्षमा ओझा

लेखनाथ,२४ माघ । नागरिक परोपकार समन्वय संस्था पोखरा–३० को अध्यक्षमा राजेन्द्र ओझा चयन हुनु भएको छ ।  संस्थाको पहिलो साधारण सभा तथा अधिवेशनले  ओझालाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा चिरञ्जीवी तिवारी, सचिवमा रामराज अधिकारी सह सचिवमा गिता जमरकटेल र कोषाध्यक्षमा देवराज पन्थी चयन हुनु भएको छ भने सदस्यहरुमा राजकुमार श्रेष्ठ, बुद्धीमाया पोखरेल, भीम कुमारी गर्बुजा पुन,सीता सापकोटा, वासुदेव लामिछाने र सोमनाथ जमरकटेल रहनु भएको छ ।  समितिको संरक्षकमा वडा नं ३० का वडाअध्यक्ष श्रीराम पोख्ररेल रहनु भएको छ ।

साधारण सभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख मेयर मान बहादुर जिसीले संस्थाले गर्दै आएको कार्यको प्रशंसा गर्दै नागरीकहरु एकजुट भएको खण्डमा जुनसुकै कार्य पनि सम्भव हुने  बताउनु भयो । उहाँले संस्थाले शववाहन खरिद एवं सञ्चालनका लागी शुरु गरेको अभियानलाई अझै उत्साह जगाउने गरी महानगरले सहयोग गर्ने बताउनु भयो ।

मेयर जिसीले तालचोक क्षेत्रलाई मेडीकल हब बनाउने महानगरको लक्ष्य रहेको वताउँदै लेखनाथ क्षेत्रभित्र रहेका तालहरुको सिमानाका विषयमा पनि महानगरले छिटृै पहलकदमी गर्ने बताउनु भयो ।

कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विशुद्ध सामाजीक सेवा गर्ने उद्धेश्यले गठन गरिएको संस्थामा राजनिति गर्न नहुने वताउँदै संस्थालाई सहयोग गर्न गाउँपालिका सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो ।

यस्तै संस्थाका संरक्षक एवं पोखरा महानगरपालिका वडा नं. ३० का अध्यक्ष श्रीराम पोखरेलले संस्थाको पवित्र उदेश्यलाई यहाँका नागरिकले सदैव साथ दिने विश्वास व्यक्त जनप्रतिनिधिको तर्फबाट सदैव संस्थाको हितका लागी तत्पर रहेको व्यक्त गर्नु भयो ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ, सम्मानित व्यक्तिहरुको तर्फबाट आर्थिक उप–समितिका संयोजक उपेन्द्रराज सुवेदी (राजु) महिलाहरुको तर्फबाट लायन्स क्लव ३२५ बि १ डेपुटी डिर्पाटमेण्ट चिफ एवं लायन्स क्लव अफ लेखनाथ सिमसारकी अध्यक्ष वसुधा भटृराई लगायतले बोल्नु भएको थियो ।

उक्त अवसरमा संस्थालाई विभिन्न क्षेत्रबाट योगदान गरेवापत दानदाताहरु शिव प्रसाद न्योपाने, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, खेमराज सुवेदी ‘च्वाँई’, राजेन्द्र ओझा र इन्दिरा ओझा, गम बहादुर गुरुङ्ग, मेघनाथ सुवेदी, मिडिया उप–समितिका संयोजक शिवराज सुवेदी, नेशनल एफ एम ८८.२ मेगाहर्जका स्टेशन प्रमुख रामशरण नेपाली, कानुनी परामर्श उप–समितिका संयोजक रमानाथ सुवेदी र आर्थिक उप–समितिका सल्लाहकार गणेश बहादुर केसीलाई सम्मान गरिएको थियो ।

सस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रामराज अधिकारीले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन उपाध्यक्ष चिरञ्जीवी तिवारीले गर्नु भएको थियो ।

आपत विपतमा परेकालाई सहयोग गर्ने उदेस्यका साथ गठन भएको समितिले पहिलो चरणमा सववहान खरिदका लागि सस्थाले अगाडी सारेको आर्थीक संकलन अभियान अन्तरगत अहिलेसम्म ५६ लाख ९८हजार चार सय नौ रुपियाँ संकलन भएको आर्थीक संयोजक उपेन्द्रराज सुवेदीले जानकारी दिनु भयो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: