समाचार

महिला राष्ट्रिय लिग फुटबलमा आर्मीको फराकिलो जित

काठमाण्डौ, २४ माघ । आर्मीले महिला राष्ट्रिय लिग फुटबलमा शनिबार ठूलो अन्तरको जित निकालेको छ । लिगको दोस्रो चरणको पहिलो खेलमा आर्मीले चौदण्डीगढीलाई सजिलै ९–० गोलले पराजित गर्‍यो ।

सातदोबोटोको एन्फा कम्प्लेक्समा भएको खेलमा रश्मी घिसिङले ह्याट्रिकसहित चार गोल गरिन् । यस्तै शर्मिला थापाले दुई तथा भुजंगा राई र अन्जली वाइबाले एक/एक गोल गरे । एक गोल आत्मघाती रह्यो ।

यो जितपछि आर्मीको सात खेलबाट १६ अंक भएको छ र टिम दोस्रो स्थानमा छ । अहिलेसम्म जितहीन रहेको चौदण्डीगढीको शून्य अंकमा पुछारमा रहेको छ ।

Related Articles

Back to top button
%d bloggers like this: