समाचार

एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव कार्कीलाई

काठमाण्डौ, २४ माघ । एनसेल बाह्रखरी गल्फको उपाधि पूर्वसचिव अर्जुन कार्कीले हात पारेका छन् ।  पोखराको हिमालयन गल्फ कोर्समा भएको आमन्त्रण गल्फ प्रतियोगितामा उनले ३५ स्कोर गर्दै उपाधि हात पारेका हुन् ।  प्रतियोगितामा विजयी कार्कीले सुनको बलसहित ट्रफी हात पारेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी भारतीय खेलाडी रवीन्दर साइनी, एआईजी हरिबहादुर पाल र वसन्त गौचनले ३३ स्कोर गरेका थिए ।

जसमध्ये साइनीले काउन्ट ब्याकमा उपविजेताको ट्रफी हात पारे । उपविजेताको उपाधि हात पार्न साइनीले दोस्रो हाफमा १९ स्कोर गरे । जहाँ पालले १७ र गौचनले १५ स्कोर गरेका थिए ।

बेस्ट ग्रसको उपाधि सुरेन्द्र फुयाँलले हात पारे । त्यसको निम्ति उनले २८ ग्रस पोइन्ट हासिल गरेका थिए ।  महिलातर्फको स्पर्धामा रेखा घिमिरे २३ अंक प्राप्त गर्दै विजयी बनिन् । जसमा पोर्जुगलका खेलाडी सोफी ह्यामनले १८ स्कोर गरेर दोस्रो भइन् ।

वर्षमाथिका खेलाडीको स्पर्धामा टेन्डी शेर्पा ३० अंक बटुलेर विजयी भए । पोखराका खेलाडी रमेश गुरुङले तीनवटा बडिज प्रहार गर्दै मोस्ट बडीजतर्फको उपाधि हात पारे । त्यस्तै क्याप्टेन नोर्बु छिरिङ शेर्पाले लङ्गेस्ट डइभको उपाधि जिते । चौथो होलमा राखिएको होल इन वान कारको उपहार प्राप्त गर्न प्रतियोगिताका ७४ खेलाडी सफल हुन सकेनन् । तथापी क्लोजेस्ट टु द पिनको उपाधि पोखराका खेलाडी बलराम थापाले हात पारे । उनी होल इन गर्नबाट ६ इञ्चको दुरीबाट चुकेका थिए ।
यो एक दिवसीय प्रतियोगिता १८ होल स्टेबल फोर्ड फर्म्याटमा तीन चौथाइ ह्यान्डीक्यापमा खेलाइएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: