समाजस्थानीय

फेदि नेवा द्वारा शताब्दी पुरुषलाई अभिनन्दन

रुपा , २४ माघ ।
रुपा गाउँपालिका ५ फेदि नेवाः साँस्कृतिक गुठीले १०० बर्ष पूरा भएका शताब्दी पुरुषलाई अभिनन्दन गरेको छ ।
गुठिका सदस्य गोपाल जोशी र भिम बहादुर श्रेष्ठ लाई पन्जेबाजा बजाएर फूलमाला दोसल्ला ओढाई अभिनन्दन पत्रद्धारा अभिनन्द गरिएको हो ।
कार्यक्रममा नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखेले अभिनन्दन गर्दै गूठीले जेष्ठ नागरिकलाई सम्मान गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा संस्था लाई विविध बिषय मा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कार्यक्रममा गूठीका भु पु अध्यक्ष हरुले विभिन्न उतारचढावका बावजुद पनि संस्था लाई नेतृत्वदाही भुमिका निर्वाह गरी संस्थाप्रति पुु¥याउनु भएको योगदानको कदर स्वरुप सम्मान समेत गरिएको उक्त कार्यक्रममा मिसा पुच कास्किको आह्वानमा सुसिला श्रेष्ठको अध्यक्षता मा सात सदस्यीय फेदि मिसा पुच गठन समेत गरिएको दोभान युवा क्लबका सचिव सुरेन श्रेष्ठले जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: