समाजस्थानीय

लेखनाथको तालचोकमा ‘आर टु एम एजुकेसन स्पेसलिस्ट्स’सञ्चालनमा आउने

माघ २४, पोखरा। उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरुको  वैदेशिक अध्ययन परामर्शक लागि पोखरा २७ तालचोकमा आर टु एम एजुकेसन स्पेसलिस्ट्स सञ्चालनमा आउने भएको छ ।  माघ २५ गते आइतबार ईक्यान नेपालका अध्यक्ष प्रकाश पाण्डेले उद्घाटन गर्ने कार्यक्रमको तयारी पूरा भएको सञ्चालक निर्वान देवानले बताए।

बिगत ४ वर्षदेखि पोखराको सिद्धार्थचोकबाट सेवा प्रदान गर्दै आइरहेको आर टु एमलाई लेखनाथमा स्थानान्तरण गरिएको देवानले जानकारी दिंदै लेखनाथ तथा आसपासका क्षेत्रका विद्यार्थीलाई लक्षित गरी अंग्रेजी भाषा, आईएल्टिस तथा पिटिइ कक्षा संचालनका लागि आर टु एमले तालचोकमा कार्यालय खोलिएको उनले बताए । लेखनाथ तथा आसपासका विद्यार्थीलाई आफ्नै घर छेउ नजिकैबाट सेवा दिने उद्देश्यले कार्यालय स्थानान्तरण गरिएको हो,’ देवानले भने ।
नेपाल सरकार शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त आर टु एम एजुकेसन तालचोकबाट टिआई टिआई, पाईर सर्टिफाईड तथा अनुभवी काउन्सलरद्वारा परामर्शको सम्पूर्ण सेवा प्रदान हुने उनले बताए । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया, युके, अमेरिका तथा न्युजिल्यान्ड जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गरिने उनले जानकारी दिए । ‘यी देशका धेरै कलेज तथा विश्वविद्यालयसंग समन्वय गरिरहेका छौं,’ उनले भने । एसि युक्त कोठामा प्रोजेक्टर सहित आईएल्टिस तथा पिटिइका कक्षा लगायतका सेवाहरु संचालन हुने उनले बताए ।
बिगतका दिनहरुमा विद्यार्थीहरु वैदेशिक अध्ययन परामर्शका लागि काठमाडौं, चितवन तथा पोखरा बजारसम्म पुग्नुपर्ने बाध्यतालाई सहज र छरितो बनाउने विश्वास लिएको निर्देशक देवानले बताए ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: