
लेखनाथ,१फागुन । मानव मिलन सस्था लेखनाथ ईकाईले सनिवार पोखरा २६ की ५३ वर्षिय क्यान्सर पिडित सरस्वती वास्तोलालाई सहयोग गरेको छ ।
मानव सेवा नै सवै भन्दा ठुलो सेवा भन्ने मुल उदेस्यका साथ डा.मणिभद्र मुनि महाराजको परिकल्पना अनुसार स्थापना भएको सस्थाले दुः ख र पिडामा परेका असाय असक्त तथा आर्थीक अवस्था कमजोर भएका विपन्न परिवारका लागि सहयोग गर्ने क्रममा सनिवार शारिरिक रुपमा अपाङ समेत रहेकी क्यान्सर पिडित वास्तोलालाई खाद्यान्य तथा लत्ता कपडा सहयोग गरेको हो ।
सस्थाको अग्रसरतामा पिडित वास्तोलाको घरमा पुगेका मानव मिलन सस्था लेखनाथका अध्यक्ष प्रेम प्रसाद वराल,उज्ज्वल आमा समुह वुढिवजारकी अध्यक्ष सरस्वती वराल, सक्नेटी टोल विकास सस्थाका कोषाध्यक्ष खेमप्रसाद भण्डारी,सस्थाका उपाध्यक्ष कृष्ण रिजाल,कोषाध्यक्ष माया बराल र सस्थाका सचिव गुरुप्रसाद सापकोटा लगाएतले सामुहिक रुपमा उक्त सामाग्री हस्तान्त्रण गरेका थिए ।