मनोरञ्जनसमाजस्थानीय

पोखरा २७ तालचोकमा मेघा मेक अप एण्ड नेल स्टुडियो सुरु

ऋषिराम रानाभाट
लेखनाथ, ७ फागुन– पोखरा महानगरपालिका वडा नं.२७ तालचोकमा मेघा मेक अप एण्ड नेल स्टुडियो सुरु भएको छ । अन्जना रानाभाटद्धारा सञ्चालन गरिएको सो मेक अप एण्ड नेल स्टुडियो आफुले तालिम लिएर सन्चालन गरेको रानाभाटले बताइन् ।
मेक अप मा रुची राख्ने अविवाहित एवम् विवाहित महिलाहरुलाई लक्षित गरि एक हप्ते मेक अप तथा नेल आर्ट सम्बन्धि आधारभुुत तालिम, १५ दिने एड्भान्स तालिम र एक महिने मास्टर कोर्सको तालिम न्यूनतम शुल्कमा दिइने अन्जनाले बताइन् ।
विशेष गरी केही न केही गर्न चाहने महिलाहरुलाई तालिम दिएर सफल महिला उध्यमसिल बनाइ व्यवसाय मार्फत आत्मनिर्भर बनाउने उद्धेश्यले लेखनाथ क्षेत्रमा नै पहिलो मेक अप एण्ड नेल स्टुडियो सन्चालन गरिएको बताउँदै विवाह तथा पार्टीमा होम सर्भिसको समेत व्यवस्था रहेको उनले गाउँले मिडियालाई जानकारी दिंइन् ।

Related Articles

Back to top button
%d bloggers like this: