समाजस्थानीय

लेखनाथमा मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक तालिम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, २२ फागुन ।
लेखनाथमा मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक तालिम सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा इष्ट टाउनद्धारा आयोजित महिला तथा बालिका माथि यौनजन्य हिंसा विरुद्ध मानसिक सबलिकरण तथा भौतिक प्रतिकारात्मक तालिम फागुन २१ र २२ गते सम्पन्न भएको हो ।
लेखनाथका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको उक्त तालिमको दोस्रो दिन शनिबार हंसपुर इलाका प्रहरी कार्यलय डाँडाको नाकका इन्स्पेक्टर मेघनाथ चापागाइले लिङ्गको आधारमा दिइने यातना, लैङ्गीक हिंसा, हिंसाका प्रकार , लैङ्गिक हिंसाको दुस्चक्र लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ वि १ नेपालका को चिफ एड्भाइजर रामचन्द्र पोख्रेलले लायन्स क्लबहरुले नेपालमा सामाजिक तथा मानविय क्षेत्रमा धेरै काम गरेको चर्चा गर्दै भरखरै मात्र स्थापना भएको क्लबले महिला हिंसा विरुद्ध गरेको जनचेतना कार्यक्रको सह्रना गर्नुु भयो ।
यसै गरी डिष्ट्रिक पि आर ओ एबम् गाउँले मिडियाका सम्पादक ऋषिराम रानाभाट, सामुुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, डिष्ट्रि चियर पर्सन एवम् लायन्स क्लब अफ पोखरा मिड टाउनका तृतिय उपाध्यक्ष विकास भुुर्तेल लगाएतले महिला हिंसाको वारेमा वोल्दै तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न विद्यार्थीहरुलाई आग्रह गर्नु भयो भने शुक्रबार भौतिक प्रतिकारात्मक विषयमा सुवास खड्काले प्रशिक्षण दिनु भएको थियो ।
क्लबका अध्यक्ष सन्तोष भुर्तेलको अध्यक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा क्लबका सचिव सरोज भुर्तेलले स्वागत गर्नुु भएको थियो भने क्लबका सदस्य सारादा भण्ढारीले कार्यक्रम सन्चालन गर्नु भएको क्लबका अध्यक्ष भुर्तेलले जानकारी दिनु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: