समाजस्थानीय

तोगी लम्तरी पोखरा लेखनाथ सम्पर्क समितिको अध्यक्षमा लामिछाने

ऋषिराम रानाभाट
लेखनाथ, २२ फागुन ।
मादी गाउँपालिका वडा नं.११ तोगीमा स्थाइ घर भइ हाल पोखरा लेखनाथलाई कर्मथलो बनाएर बसोवास गर्ने तोगी बासीहरुको तोगी लम्तरी पोखरा लेखनाथ सम्पर्क समितिको सातौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले कृष्ण कुमार लामिछानेको अध्यक्षमा १३ सदस्यि नयाँ कार्य समिति चयन गरेको छ । यसै गरी सर्वसम्मत रुपमा चयन गरीएको उपाध्यक्षमा विष्णु प्रसाद खनाल, सचिवमा त्रिलोचन लामिछाने, कोषाध्यक्षमा प्रकाश ढकाल, सह सचिवमा विजय खनाल रहेका छन् ।
यसै गरी सदस्यहरुमा केशवराज खनाल, भोजराज प्वाली, मन बहदुर नेपाली, गणेश खनाल, सोमनाथ खनाल, श्रीकात्न खनाल, दुर्गा खनाल र मैना ढकाल रहेका छन् ।
साथै अधिवेशनले तोगीमा रहेको समाज घरलाई २५ थान कुर्ची हस्तान्तरण गर्ने सर्वसम्मत निर्णय पनि गरेको छ भने उक्त कार्य सम्पन्न गर्न नव निर्वाचित कोषाध्यक्ष प्रकाश ढकाललाई संयोजकको जिम्मेवारी दिने निर्णय समेत गरेको नव निर्वाचित सचिव त्रिलोचन लामिछानेले गाउँले मिडियालाई जानकारी दिनुु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: