
ऋषिराम रानाभाट
लेखनाथ, २७ फागुन ।
पोखरा महानगरपालिका वडा नं.३१ वडा कार्यलले पोखरा महानगरपालिका वडा नं.३१ वडाले बेगनासताल जलेश्वर शिव मन्दिर गाइघाटमा जेष्ठ नागरीक दिवा सेवा कार्यक्रम सञ्चालनका लागि विभिन्न सामग्री सयहोग गरेको छ ।
महाशिवरात्रीको पर्वको अवसरमा आयोजित विशेष कार्यक्रममा वडा नं.३१ का वडा अध्यक्ष कमल बहादुुर थापाले टेलिभिजन १ थान, ग्याँस सिलिण्डर, किचन सामाग्रीहरु, इन्टरनेट जडान, सिलिङ फ्यान, वाध्यवाधनका सामग्रीहरु लगाएत २ लाख बराबरको सामग्रीहरु जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णुु प्रसाद तिवारीलाई हस्तान्तरण गर्नु भयो ।
उक्त हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष थापाले जेष्ट नागरीक हामी सबैका प्रेरणाका स्रोत भएको बताउँदै उनीहरुबाट हामीेले धर्म, संस्कृति लगाएत विविध विषयका वारेमा ज्ञान प्राप्त गर्न सकिने बताउनु भयो । जेष्ठ नागरीकलाई सम्मान गरेमा हामीले आत्म सन्तुष्टि प्राप्त गर्न सकिने बताउँदै पोखरा महानगरपालिका वडा नं.३१ पर्यटन , धार्मिक दुष्टिकोणले सम्भावना बोकेको क्षेत्र भएको र यस वडामा रहेका प्राकृतिक स्रोतहरुको संरक्षण गर्दै यस वडालाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने आफ्नो उद्धेश्य रहेको बताउँदै यस आर्थिक वर्षमा २ लाख बराबरको सामग्रीहरु जेष्ठ नागरीक दिवा सेवा कार्यक्रम सञ्चालनका लागि सहयेग गरिएको बताउनु भयो ।
यसै गरी सोही कार्यक्रममा परोपकार महासंघ वडा नं.३१ का संयोजक कृष्ण प्रसाद ढुङ्गाना, जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका सल्लाहकार राममणी अधिकारी, वेगनासताल महिला समूहकी अध्यक्ष दुर्गा अधिकारी लगाएतले धार्मिक तथा सामाजिक क्षेत्रका वारेमा वोल्नु भएको थियो । जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा महाशिव रात्रीको अवसरमा वेद पाठ, रुद्री, शिव ध्वनी, लाख बत्ती, ठाडा बत्ती प्रज्वलन तथा विविध धार्मिक एवम् सांस्कृतिक कार्यक्रम समेत सन्चालन गरिएको कार्यक्रमको सन्चालन जलेश्वर शिव मन्दिर व्यवस्थापन समितिका सचिव शान्ति खनालले गर्नु भएको थियो ।