
ऋषिराम रानाभाट
लेखनाथ, २७ फागुुन ।
नेपाल लायन्स गुठी र लायन्स क्लब अफ वेगनास तालनगरीको संयुक्त आर्थिक व्यवस्थापनमा ३ दिने आधुनिक मौरी पालन तालिम आज देखि सुरु भएको छ ।
फागुन २९ गते सम्म सन्चालन हुने तालिमको आजको उद्घाटन कार्यक्रममा अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका गभर्नर मन बहादुर रोकाले क्लबहरुको योगदानबाट नै सञ्चालन गरिएको गुठीबाट क्लबको परियोजना सम्पन्न गर्नका लागि आर्थिक सहयोग गरिएको बताउँदै क्लबले सामाजिक तथा मानविय क्षेत्रमा गरेका कार्यहरुको प्रसंसा समेत गर्नुु भयो ।
गभर्नर रोकाले क्लबका सदस्यहरुले आफ्नै व्यक्तिगतबाट आर्थिक रकम जुटाएर विविध सामाजिक कार्यहरु गर्दै आइरहेका पनि बताउनु भयो । क्याबिनेट सचिव सूर्य केसी, कोषाध्यक्ष उदय कुमार नेपाल, क्लस्टर प्रमुख सूर्य नारायण बराल लगाएतका सिनियर लायन्स नेताहरुको उपस्थिति रहेको कार्यक्रममा डिष्ट्रिक पि आर ओ एवम् क्लबका संस्थापक अध्यक्ष ऋषिराम रानाभाटले क्लबले सम्पादन गरेका कार्यहरुको वारेमा चर्चार गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरे मात्रै तालिमको सार्थक हुने बताउनु भयो ।
यसै गरी तालिमका मूख्य प्रशिक्षक एवम् मैरी पालक महासंघ पोखरा महानगरका संयोजक सूर्य प्रसाद लामिछानेले आधुनिक मौरी पालन तालिमको महत्वको वारेमा बोल्नु भएको थियो । क्लबका प्रथम उपाध्यक्ष प्रभा भुजेल, द्धितिय उपाध्यक्ष विदुर त्रिपाठी लगाएतले बोल्नु भएको थियो । क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन क्लबका सचिव अरुण चन्द्र सुवेदीले गर्नु भएको थियो । तालिमको समापन दिन उत्कृष्ट १० जना कृषकहरुलाई निशुल्क मौरी घार समेत वितरण गरिने कार्यक्रम रहेको क्लबका तृतिय उपाध्यक्ष त्रिलोचन लामिछानेले गाउँले मिडियालाई जानकारी दिनु भयो ।