समाजस्थानीय

आधुनिक मौरी पालन तालिम सम्पन्न, १० जनालाई निशुल्क मौरी घार वितरण

ऋषिराम रानाभाट
लेखनाथ, २९ फागुुन ।
नेपाल लायन्स गुठी र लायन्स क्लब अफ वेगनास तालनगरीको संयुक्त आर्थिक व्यवस्थापनमा ३ दिने आधुनिक मौरी पालन तालिम आज शनिवार सम्पन्न भएको छ ।
फागुन २७ गते देखि फागुन २९ गते सम्म सन्चालन तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अन्तराष्ट्रिय लायन्स क्लब डिष्ट्रिक ३२५ वि १ नेपालका क्लस्टर नं.३० का क्लस्टर प्रमुख सूर्य नारायण बरालले क्लबहरुले नै सन्चालन गरेको गुठी र क्लबका सदस्यहरुको आर्थिक व्यवस्थापनमा क्लबले ३ दिने आधुनिक मौरी पालन तालिम र निशुल्क मौरी घार वितरण कार्यक्रमको आयोजना गरेकोमा खुशी व्यक्त गर्दै सबै प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागुु गर्न आग्रह गर्नुु भयो ।
यसै गरी क्लबका संस्थापक अध्यक्ष एवम् डिष्ट्रिक पि आर ओ ऋषिराम रानाभाट, मौरी पालक महासंघ गण्डकी प्रदेशका संयोजक एवम् प्रशिक्षक सूर्य प्रसाद लामिछाने, क्लबका प्रथम उपाध्यक्ष प्रभा भुजेल, प्रशिक्षार्थीहरुको तर्फबाट जिबा लामिछाने र बुद्धिमान श्रेष्ठले आधुनिक मौरी पालनको उपयोगिताका वारेमा बोल्नु भएको थियो ।
१० जना कृषकहरुलाइ निशुल्क मौर सहितको मौरी घार समेत वितरण गरिएको कार्यक्रम क्लबका अध्यक्ष शक्ति श्री तिवारी कोइरालको अध्यक्षतामा सम्पन्न भएको थियो भने क्लबका सचिव अरुण चन्द्र सुवेदीले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: