समाजस्थानीय

आनन्द ज्योति मावि भुपू विद्यार्थी मञ्चको अध्यक्षमा अधिकारी

लेखनाथ, २९ फागुन ।
पोखरा महानगरपालिका वडा नं. ३१ स्थित आनन्द ज्योति माविको भुपू विद्यार्थी मञ्च अध्यक्षमा नवराज अधिकारी सर्वसम्मत चयन हुुनुु भएको छ । प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशनले अधिकारीलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो ।
यसै गरी मञ्चको नयाँ कार्यसमितिको उपाध्यक्षमा विकास प्रसाद कंडेल, सचिवमा श्रीराम कंडेल, कोषाध्यक्षमा सुशिला अधिकारी सिग्देल चयन हुनुु भएको छ ।
त्यस्तै प्रथम अधिवेशनले प्रवक्ता कृष्णराज आचार्य, सन्तोष अधिकारी, अनिल सुवेदी, अर्जुन पौडेल, केशवराज तिवारी, गोमा तिवारी सोती तथा शोभा कंडेललाई सदस्यका रुपमा चयन गरेको छ ।
यस अगाडि उद्घाटन कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री तथा कास्की क्षेत्र नं.१ का संघिय सांसद एवम् नेकपा एमालेका नेता खगराज अधिकारीले विकास निर्माणका काममा राजनीति नगरी सबै राजनितिक दलहरु एक जुुट हुुनुुपर्ने कुरामा जोड दिनुु भएको नव निर्वाचित सचिव श्रीराम कंडेलले गाउँले मिडियालाई जानकारी दिनुु भयो ।

Related Articles

Back to top button
%d bloggers like this: