
एघारौं सिलिङ्गे महाशिवरात्रि मेला सम्पन्न
लेखनाथ, २९ फागुन ।
पोखरा २६ सिलिङ्गे बगैंचामा स्थित जटाशंकर धार्मिक विकास समितिले एघारौं सिलिङगे महाशिवरात्रि मेला २०७७ एवम् विविध कार्यक्रमका बीच सम्पन्न गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि.सिले पोखरा २६ सिलिङ्गेलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने बताउँदै सिलिङ्गेमा महानगरपालिकाकाले खुला व्यामशाला निर्माण गर्ने जानकारी दिनु भयो ।
यसै गरी कार्यक्रममा संस्थाका सल्लाहकार हरि प्रसाद अधिकारी, देबेन्द्र रानाभाट, अक्षयकोष दाता मुरारी शर्मा, वडा नं २६ का वडा सदस्य खड्क बहादुर रानाभाट,मुरली थापा, भगवति हाइड्रो पावर डेभलपमेन्ट कम्पनिका परियोजना निर्देशक ई.बसन्त मोहन भट्टराई लगायतले हामी नेपालीको धर्म, संस्कृतिलाई संरक्षण र सम्बद्र्धन गर्नुुपर्ने कुुरामा जोड दिनु भएको थियो । अध्यक्षता संस्थाका अध्यक्ष युवा पण्डित राम प्रसाद सिग्देलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका निबर्तमान अध्यक्ष कृष्ण बहादुर अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । ंसंस्थाले आयोजना गरेको घैटो फुटाउने प्रतियोगितामा पोखरा २६ गणेशचोक निबासी प्रबिन राना भाट बिजयी हुनुभएको थियो।
कार्यक्रममा दिग्दर्शन वाचन शिरोमणि दिपक सापकोटा, जटाशंकर मन्दिरका मुल पुजारी युवा पण्डित विष्णु प्रसाद पौडेल, युवा पण्डित गिरिधर आचार्य ज्यु बाट शिव महिमा कथा प्रवचन गरिएको थियो भने सात्विक भजन मण्डली बाट भजन कन्सर्ट कार्यक्रम गरिएको थियो।
संस्थाका अध्यक्ष युवा पण्डित राम प्रसाद सिग्देल ज्युको प्रायोजनमा आरतीको पनि आरती महाआरती गरिएको थियो। महाशिवरात्रि मेला को मुख्य प्रायोजक भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनि, प्रायोजकमा सुजल फुड्स प्रा.ली र विशेष सहयोगीमा पोखरा महानगरपालिकाकाको कार्यालय,पोखरा महानगरपालिका वडा नं–२६ र राखी सिलिङ्गे सामुदायिक वन उपभोक्ता समिती र बैंकिङ पार्टनरमा मुक्तिनाथ विकास बैंक रहेका थिए। कार्यक्रमको बचतबाट ईतिहास लेखन तथा स्मारिका प्रकाशन तथा १०८ फिट अग्लो शिवलिङ्ग निर्माणका लागि गुरु योजना निर्माण गर्ने समितिका सचिव विकास रानाभाटले बताउनुभयो। संस्थाका उपाध्यक्ष टंकप्रसाद सिग्देलले धन्यवाद ज्ञापन गर्नु भएको थिया भने संस्थाका सचिव विकास रानाभाटले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।