
ऋषिराम रानाभाट
लेखनाथ, ७ चैत्र ।
पोखरा महानगरपालिका वडा नं.२८ स्थित रत्न शोभा माध्यमिक विद्यालयमा निशुुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बिहानी सहकारी संस्थाको आयोजना , ग्यालेक्सी हस्पिटल पोखराको प्राविधिक सहयोगमा र पोखरा महानगरपालिका वडा नंं२८ वडा कार्यलय र रत्न शोभा माध्यमिक विद्यालयको विशेष सहयोगमा १ दिने निशुुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले मानव जिवनमा स्वास्थ्य अति नै महत्वपूूर्ण भएको र आफ्नो व्यक्तिगत स्वास्थ्यको वारेमा नियमिति रुपमा अस्पतालबाट जाँच गरी समयमा नै स्वास्थ्यमा देखिन सक्ने समस्यालाई निराकरण गरी स्वस्थ्य जीवन यापन गर्न सकिनेमा जोड दिनुु भयो ।
वडा अध्यक्ष दियालीले एक फरक प्रसंगमा पोखरा महानगरपालिका अन्तरगत रहेको वडा नं.२८ लाई पूूर्वाधार विकासमा जोड दिइएको जानकारी दिंदै विकटलाई निकट बनाउने कार्यमा वडा कार्यलय लागी परेको बताउनुु भयो ।
यसै गरी बिहानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धर्मराज भण्ढारीले संस्थाले सामाजिक दायित्व अन्तरगत ग्यालेक्सी हस्पिटलको प्राविधिक सहयोगमा यस क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरिएको र स्वास्थ्य शिविरबाट बढी भन्दा बढी स्वास्थ्य लाभ लिन पनि सबैमा आग्रह गर्नुु भएको थियो । रत्न शोभा माध्यमिक विद्यालयका अध्यक्ष मोहन गुुरुङले विद्यालयमा स्वास्थ्य शिविर आयोजना गर्ने आयोजक संस्था प्रति धन्यवाद दिंदै स्वास्थ्य शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन सबै समुदायलाई आग्रह समेत गर्नुु भयो ।
यसै गरी ग्यालेक्सी हस्पिटलका प्रबन्ध सन्चालक दिपेन थापाले स्वास्थ्य समस्या पहिचान र निदान गर्ने स्वास्थ्य शिविरको उद्धेश्य भएको बताउँदै शिविरमा सहभागी हुने सबै विरामीहरुलाई ३ महिना सम्मका लागि स्वास्थ्य सेवामा २० प्रतिशत छुुट दिने पनि जानकारी गराउनु भयो । सोही कार्यक्रममा ग्यालेक्सी हस्पिटलका कार्यक्रम संयोजक महेक सिग्देलले कार्यक्रम माथि प्रकाश पार्दै १ वर्ष अघि स्थापना भएको हस्पिटलमा लामो समय देखि स्वास्थ्य क्षेत्रमा अनुभव हासिल गरेका डाकटरहरुबाट अत्याधुुनिक प्रविधिहरुको माध्येमबाट स्वास्थ्य सेवा प्रदान गरिएको बताउँदै आगामी दिनहरुमा माझठानाबासीहरुको स्वास्थ्य समस्या समाधान गर्न हस्पिटल प्रतिबद्ध रहेको सिग्देलले बताउनु भयो ।
यसै गरी कालीका स्वास्थ्य चौकी सि अ हे ब विनोद प्रसाद तिवारीले स्वास्थ्यले हाम्रो जीवनमा प्रत्यक्ष असर पार्ने हुनाले बेला बेलामा स्वास्थ्य जाँच गर्नुपर्ने बताउनु भयो । सहकारीका सह अध्यक्ष अनुज पौडेलले सहकारीका सात सिद्धान्त बाचन गरी सुरु भएको कार्यक्रमको स्वागत सहकारीका सञ्चालक एवम् कार्यक्रम संयोजक यज्ञ प्रसाद तिवारीले गर्नु भएको थियो । सहकारीका सचिब सुजन बाबुु अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो भने कार्यक्रममा ३२५ जनाले विभिन्न रोग सम्बन्धि स्वास्थ्य लाभ लिएको सहकारीका सञ्चालक एवम् कार्यक्रम संयोजक यज्ञ प्रसाद तिवारीले गाउँले मिडियालाई जानकारी दिनु भयो ।