समाजस्थानीय

रत्न शोभामा साइबर अपराध प्रशिक्षण सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, ८ चैत्र– पोखरा महानगरापालिका २८ माझठाना स्थित रत्न शोभा माध्यमिक विद्यालयमा साइबर अपराध प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र कालिकाको आयोजनामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलार्य साइबर अपराध सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो ।
प्रशिक्षणमा कार्यक्रममा प्रशिक्षक एवम् कार्यक्रम प्रमुख अतिथि हंसपुर इलाका प्रहरी कार्यलय डाँडकोनाकका प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासेनीले साइबरको परिचय, साइबर अपराध बढ्नुका कारण, साइबर सम्बन्धि अपराध गर्दा प्रचलित कानून बमोजिम हुने कार्यवाही लगाएतका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
यस अघि कार्यक्रममा विशेष अतिथि सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिका कास्कीका अध्यक्ष बोधराज कार्कीले कास्की सामुदायिक जिल्ला समन्वयले स्थानियक निकायसँग समन्वय गरी समाजलाइ विकृति, विसंगतीबाट मुक्त गराउन लागि परेको जानकारी दिंदै अहिले विशेष गरी युवा विद्यार्थीहरु आफ्नो विद्यार्थी जीवनको महत्वलाई विर्सेर विभिन्न किसिमका अपराध मा संलग्न भएको बताउनु भयो । यस्ता कुलतमा लागेका युवाहरुलाई सहित बाटोमा डोरयाउनु हामी सबैको कर्तव्य भएको पनि कार्कीले सो अवसरमा बताउनु भयो ।
यसै गरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले विद्यालयमा अति महत्वपूर्ण विषयमा प्रशिक्षण कार्यक्रम राख्नु भएकोमा सामुदायिक प्रहरी सेवा केन्द्र कालिकालाई धन्यवाद दिंदै सबैले आफ्नो कर्तव्यलाई पूरा गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्रका मिडिया सल्लाहकार एवम् शिक्षक ऋषिराम रानाभाटले प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा कार्यन्वयन गरी समुदायमा सिकाउन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गर्नु भएको थियो ।
सामुदायिक सेवा केन्द्र कालिका अध्यक्ष राधाकृष्ण तिवारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेवा केन्द्रका सदस्य सागर अधिकारीले  स्वागत गर्नु भएको थियो । सचिव विकल केसीले कार्यक्रम सञ्चालन गर्नु भएको कार्यक्रममा सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवाका जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले १५ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गर्नुका साथै नगद रु ७ हजार र खेलकुदाका समाग्रहरु विद्यालय व्यवस्थपन समितिका अध्यक्ष मोहन गुरुङ र विद्यालयका प्रधानाध्यापक गोपाल बहादुर बुढाथोकीलाइ संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: