समाजस्थानीय

कुलुङखोला खानेपानीको साधारण सभा

ऋषिराम रानाभाट
लेखनाथ, ८ चैत्र ।
कुलुङखोला खानेपानी आयोजना पचभैया खानेपानी तथा सरसफाई मुल उपभोक्ता समिति पोखरा–३१ को २३ औं वार्षिक साधारणसभा आईतबार सम्पन्न भएको छ ।
साधारणसभाको उद्घाटन गर्दै रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कामका कुरामा राजनिति गर्न नहुने वताए ।
ओझाले पोखराको वडा नं. ३१ विकासको दृष्टिकोणले अत्यन्तै सम्भावना बोकेको ठाउँ भएको वताउँदै विकास निर्माणका काममा पनि राजनिति गर्दा विकासले गति लिन नसक्ने वताए ।
यस्तै पोखरा महानगरपालिका वडा नं. ३१ का अध्यक्ष कमल बहादुर थापाले वडावासिहरुका लागि एक घर एक धारा जोड्ने अभियान वडा लागिपरेको वताए ।
कार्यक्रममा वडा नं. ३१ का वडा सदस्य विष्णु बहादुर भुजेल, नेपाल रेडक्रस सोसाईटीको तर्फबाट सन्तोष अधिकारी, विदान संसोधन उप–समितिका संयोजक राममणी अधिकारी लगायतले गरेका थिए ।
संस्थाका अध्यक्ष नरनारायण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन कार्यालय सचिव हरीप्रसाद घिमिरेले गरेका थिए ।

Related Articles

Back to top button
%d bloggers like this: