समाजस्थानीय

लेखनाथमा प्रोटिन एण्ड फिटनेस स्टोर संचालन

लेखनाथ, १२ चैत्र । शारिरलाई स्वच्छ र तन्दुरुस्त राख्नका लागि ब्यायाम अति आवश्यक भएकाले त्यसका लागि आवस्यक पर्ने प्रोटिन जन्य खाद्य वस्तु तथा ब्यायामका लागि प्रयोग हुने सामाग्रीको स्टोर संचालनमा आएको छ ।

पोखरा महानगरपालिका वडा नं–२६ को अर्घौंमा संचालनमा आएको लेखनाथ प्रोटिन एण्ड स्टोरको विहिवार एक कार्यक्रमका बिच पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसी र तेस्रो बल्स मेन विजेता मिलन सिजापतीले सामुहिक रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिसीले स्वच्छ रहनका लागि शारिरिक ब्यायाम अपरिहार्य भएको बताउदै नागरिकलाई कसरी निरोगी बनाउन सकिन्छ भन्ने बारेमा आफुहरु तयार रहेको वताएका थिए ।

लेखनाथ प्रोटिन एण्ड स्टोरका संचालक रमेश विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रज्वल भित्रकोटीले गरेका थिए । करिव २५ लाखको लागतमा संचालनमा आएको स्टोरमा खेलाडीहरुका लागि आवश्यक पर्ने प्रोटिन जन्य खाद्य सामाग्री, खेलाडीका लागि आवश्यक पर्ने पोशाक र जिमका लागि प्रयोग हुने खेलकुदका सामाग्रीहरु उपलब्ध हुने बताईएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: