समाचार

फेसबुक अकाउन्ट ह्याकरसँग सचेत रहन साइबर ब्युरोको अग्रह

काठमाण्डौ, १२ चैत । पछिल्लो समय फेसबुक अकाउन्ट ह्याक गरी साथीभाइ तथा आफन्तसँग पैसा माग्ने क्रम बढेको भन्दै साइबर ब्युरोले सबै प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।

फेसबुक अकाउन्ट ह्याक गर्ने क्रम बढेको भन्दै ब्युरोले सचेत रहन अग्रह गरेको हो।खासगरी कमजोर पासवर्डको कारण ह्याकरले अकाउन्ट ह्याक गरी दुरुपयोग गर्न थालेकाे बताइएकाे छ ।

साइबर ब्युरोले एक सूचना जारी गर्दै सामाजिक सञ्जाल आईडीबाट साथीभाइसँग रकम माग्ने र अनाधिकृत पहुँच पुयाउने कार्य बढ्दै गएको बताएको छ ।‘यस किसिमका सूचना तथा निवेदन यस ब्यूरोमा प्राप्त भइरहेको हुँदा आफूले प्रयोग गर्ने कुनै पनि सामाजिक सञ्जालक पासवर्ड अन्य व्यक्तिले परिवर्तन गर्न नसक्ने किसिमको राख्न हुन अनुरोध छ,’ ब्यूरोको सूचनामा भनिएको छ, ‘सुरक्षाका लागि समय समयमा आफ्नो पासवर्ड परिवर्तन गर्ने र मल्टी फ्याक्टर अथेन्टिकेसन सेट गरी सुरक्षित रुपमा सामाजिक सञ्जालको सदुपयोग गर्नुहुन अनुरोध गर्दछौं ।’

साथै यस किसिमका घटना भएको खण्डमा सहयोगका लागि ब्यूरोमा जानकारी गराउन समेत आग्रह गरिएको छ ।

Related Articles

Back to top button
%d bloggers like this: