समाजस्थानीय

लायन्स क्लब अफ लेखनाथ सिमसारको अध्यक्षमा कल्पना

लेखनाथ, १३ चैत्र । लायन्स क्लब अफ लेखनाथ सिमसारको छैटौ अधिबेशनले बर्ष २०२१÷२२ का लागि अध्यक्षमा कल्पना गुरुङ्ग सर्वसम्मत रुपमा चयन गरेको छ ।

लायन्सको विधि र विधान अनुसार आगामी वर्षको कार्यकालका लागि नवनिर्वाचित समितिको प्रथम उपाध्यक्ष शिव गिरी,दितिय उपाध्यक्ष इन्दिरा ओझा,तृतीय उपाध्यक्ष गिता बराल,सचिव चन्द्रा सुवेदी, प्रशासकमा कल्पना तिवारी, कोषाध्यक्ष इन्दिरा ढुंगाना,सहसचिव अन्जनी लामिछाने र सहकोषाध्यक्ष सृजना आत्रेय रहनु भएको छ ।

यसैगरि समितिको एल सी आई एफ कोर्डिनेटरमा तारा देवी शर्मा,क्लब सर्भिस चियर्पसन सुजाता अधिकारी, मेम्बरसिप चियर्पसनमा सरस्वती ढकाल,निर्देशकमा सन्जु सुवेदी, रन्जिता कतिका,ज्ञानु बराल,श्यामु भट्टराई,मिना माया श्रेष्ठ,कृष्ण कुमारी बराल र कृष्ण पहारी बराल रहनु भएको छ ।

क्लवकी अध्यक्ष शान्ति खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कल्पना तिवारीले गर्नु भएको थियो ।

Related Articles

Check Also
Close
Back to top button
%d bloggers like this: