समाजस्थानीय

पोखरा २८ मा महिला पुरुष समसचेतना कार्यक्रम सम्पन्न

ऋषिराम रानाभाट
लेखनाथ, १७ चैत्र– पोखरा महानगरपालिका वडा नं. २८ मा महिला पुरुष समसचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका सामाजिक महाशाखाको आयोजनामा र वडा नं.२८ वडा कार्यलयको व्यस्थापनमा मंगलबार वडा कार्यलयको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
लैङ्गिक हिंसा विरुद्ध पुुरुषहरुको एक्येबद्धता सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रममा पोखरा महानगरपालिका सामाजिक महाशाखाका अधिकृत विष्णु मायाँ पौडेलले पोखरा महानगपालिकाका ३३ वटा वडामा महिला हिंसा न्यूनिकरण गर्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताउँदै कार्यक्रम सम्बन्धि सहजीकरण गर्नु भएको थियो ।
यसै गरी बार एसोसियनका सचिव बिनिता नेपालीले समाजमा महिला हिंसा गर्दा कानून अनुसार हुुने सजाँयका वारेमा सहजीकरण गर्नु भएको थियो भने गैह्सरकारी महासंघका अध्यक्ष एवम् कोपिला नेपालका निर्देशक बिना सिल्वालले लैङ्गि हिंसा भनेको के हो , के कारणले महिला हिंसा हुने गर्छ लगाएतका विषयमा सहजीकरण गर्नु भएको थियो ।
यस अघि पोखरा महानगरपालिका वडा नं.२८ का वडा अध्यक्ष निर्मल दियालीले नेपालको संविधानले महिला र पुरुषलाई कुुनै विभेद नगरेको भए पनि व्यवहारमा कार्यन्वयन हुन नसकेको बताउँदै प्रशिक्षणमा सिकेका कुराहरुलाई व्यवहारमा लागु गर्न सके प्रशिक्षणको सार्थक हुने र समाज रुपान्तरण हुने सक्ने बताउनु भयो ।
डा नंं २८ का महिला , पुरुष र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रममा वडा नं.२८ का वडा सदस्य अम्बिका बुढाथोकीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य विष्णु प्रसाद तिवारीले स्वागत गर्नु भएको थियो भने वडा सचिव खुबलाल लामिछानेले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

Related Articles

Back to top button
%d bloggers like this: